Logo बुधवार, श्रावण १३ गते २०८३
images

भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने,एकसाताभित्रै लगाउन थालिने

भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने,एकसाताभित्रै लगाउन थालिने

  • 2.7K
    SHARES

  • भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने,एकसाताभित्रै लगाउन थालिने

    बुटवल माघ ७- भारतले नेपाललाई कोरोनाबिरुद्धको खोप अनुदानमा दिने भएको छ ।

    भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोभिडविरुद्धको खोप ‘कोभिसिल्ड’ छिट्टै नेपाल आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्रोतले जानकारी दिएको छ ।

    मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा आउने खोप अनुदानमा दिए पनि दोस्रो चरणदेखि खरीद प्रक्रियाबाट नै आउनेछ । अनुदानमा आउने खोपको परिमाण भने निश्चित भइसकेको छैन ।

    भारतले अनुदानमा दिने भनेको कोभिसिल्ड खोप प्रयोगका लागि  यसै साता सरकारले अनुमति दिइसकेको छ ।

    भारतले यही बुधबारदेखि नेपाल, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सेसेल्सलाई खोप अनुदान दिने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालय स्रोतको अनुसार नेपाल पनि भारतको उच्च प्राथमिकतामा छ ।

    ‘अहिलेसम्मको तयारी अनुसार यही साताभित्र खोप आउने देखिएको छ’, मन्त्रालयका एक अधिकारीले भने, ‘त्यही अनुरुप हामी तयारीमा लागेका छौं ।’

    यसै साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै स्वास्थ्य सचिव लक्ष्मण अर्याल पनि भारत भ्रमणमा थिए । भ्रमणका क्रममा खोपको विषयमा पनि छलफल भएको थियो । स्वास्थ्य मन्त्रालयले खोप आएको एक साताभित्रै लगाउन थाल्ने गरी योजना बनिसकेको जानकारी दिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology