सैनामैना, माघ २७ ।
रुपन्देहीको सैनामैनामा जारी दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको तेस्रो दिनमा दुई खेल सम्पन्न भएको छ।
आज भएको पहिलो खेलमा ३-२को सोझो सेटमा गल्कोट भलिबल क्लबले कोशीलाई पराजित गरेको हो ।यस्तै,दोस्रो खेलमा एपीएफलाई ३-१को सोझो सेटमा हराउँदै पुलिस क्लबले जित सुनिस्चित गरेको हो ।
सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको मैदानमा भोलि दुई खेल हुनेछ्न। जसमा पहिलो खेलमा गण्डकी र कोशी त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस बिच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिए ।
प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ । बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।
विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)