Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवस मनाउँदै

बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवस मनाउँदै

  • 1.3K
    SHARES

  • बुटवल उपमहानगरपालिकाले ६६ औं स्थापना दिवस मनाउँदै

    बुटवल,माघ २७ ।

    बुटवल उपमहानगरपालिकाले आफ्नो स्थापनाको ६६ औं स्थापना दिवस सप्ताहव्यापी विविध कार्यक्रम गरी मनाउने भएको छ । स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल, रक्तदान, गौशालामा पञ्चेबाजाको तालिक, विद्यालय स्तरका कार्यक्रमहरु राखिएको उपमहानगरले जनाएको छ ।

    जस अन्तरगत आज बिहान स्थापना दिवसको शुभारम्भमा बीपी कोईराला स्मृति फुटबल प्रतियोगिता अन्तर्गत बुटवल ७ सिध्देश्वर मैदानमा बुटवलका जनप्रतिनिधि र राजनीतिक दल वीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ भने आजै बिहान सोहि अवसरमा नेपाल नगरपालिका कर्मचारी एशोसिएशन इकाई समिति बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६६ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवल विकासका कामसँगै रचनात्मक कार्यमा समेत अग्रपंक्तिमा रहेको र उक्त कार्यक्रम नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति अत्यन्तै क्रियाशील रहेको बताउनुभयो ।blo.jpg

    उनले उपमहानगरपालिका स्थापना दिवसको पुर्व सन्ध्यामा अन्य विद्यालय स्तरका कार्यक्रम गर्न पहल गरिएकोमा वार्षिक परीक्षा लगायतका कारणले केही समयमा पछि हुने बताउनुभयो । सोहि अवसरमा आजबाट नै नन्दिनी गौशालामा पञ्चेबाजा बजाउने तालिमको समेत संचालन भएको उहाले जानकारी दिनुभयो ।

    आइतबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान तथा पुनर्मिलन कार्यक्रम राखेको छ ।बुटवल (पुरानो नाम बटौली-खस्यौली) नेपालको लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको एक उपमहानगरपालिका हो । यो सहर तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित रहेको छ ।baja.jpegpanche baja.jpeg

    रुपन्देही जिल्लाको तत्कालिन बुटवल खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर वि.सं. २०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर यो नगरपालिका घोषणा गरिएको थियो । तत्कालिन राजा महेन्द्र शाहले वि.सं. २०१७ पुस २२ गते नेपालमा पञ्चायती व्यवस्था लागु गरेपछि बुटवल खस्यौली नगरपालिकाको नाम स्वतः परिवर्तन भई ‘बुटवल खस्यौली नगरपञ्चायत’ भएको थियो। वि.सं २०३५ माघ ८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार यसको नामबाट खस्यौली झिकेर ‘बुटवल नगरपञ्चायत’ कायम गरिएको थियो ।

    बुटवल नगरपालिकालाई तत्कालिन मन्त्रिपरिषदको विकास समितिले गरेको सिफारिसको आधारमा नेपाल सरकारले वि.सं. २०७१ साल मङ्सिर १६ गते गरेको निर्णय र वि.सं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि यसलाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो । बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालिन सेमलार तथा मोतिपुर गाउँ विकास समितिलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएको हो ।

    जननिर्वाचित प्रतिधिनिधिहरुले स्थापानकाल देखि फागुन ३ गतेलाई स्थापना दिवस बनाउँदै आएको स्मरण गर्दै नगर प्रमुख पाण्डेले परम्परादेखि बनाउँदै आएको दिनलाई नै आधार मानेर सप्ताहब्यापी कार्यक्रम गरि स्थापना दिवस बनाउँदै आएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology