Logo बिहिवार, आश्विन १ गते २०८३
images

नगर गानका रचनाकार पाण्डेयलाइ स्याङजा पत्रकार समाज नेपालले गर्यो सम्मान

नगर गानका रचनाकार पाण्डेयलाइ स्याङजा पत्रकार समाज नेपालले गर्यो सम्मान

  • 1.6K
    SHARES

  • नगर गानका रचनाकार पाण्डेयलाइ स्याङजा पत्रकार समाज नेपालले गर्यो सम्मान

    बुटवल,माघ २७ ।

    बुटवल नगर गानका रचयिता डिल्लीनारायण पाण्डेयलाई शनिबार एक कार्यक्रमका बीच बधाई तथा सम्मान गरिएको छ । स्याङ्जा पत्रकार समाज नेपालका उपाध्यक्ष समेत रहेका पाण्डेयद्वारा रचना गरिएको बुटवलको गौरवगाथामा आधारित नगर गीत धेरै प्रतिस्पर्धीहरुका बीच छनौट भएको थियो ।

    पाण्डेयलाई स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष डा.बालकृष्ण चापागाईं र संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले संयुक्तरुपमा बधाई तथा सम्मानपत्र प्रदान गरेका थिए ।

    कार्यक्रममा बोल्दै संविधान सभा सदस्य मुक्ति प्रसाद पाठकले स्याङ्जाको संस्कृति र सभ्यतालाई विश्वमा प्रचारप्रसार गर्नेगरी स्याङ्जा पत्रकार समाजको स्थापना हुनु खुसीको कुरा भएको भन्दै सम्मानित व्यक्तित्व डिल्लीनारायण पाण्डेयलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । त्यस्तैगरी स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष चापागाईंले नगर गानमा डिल्लीनारायण पाण्डेयद्वारा रचित गीत छनौट हुनुले स्याङ्जा पत्रकार समाजलाई खुसी तुल्याएको बताए ।

    सो अवसरमा बोल्दै सम्मानित व्यक्तित्व, समाजका उपाध्यक्ष तथा बुटवल नगर गानका रचयिता डिल्लीनारायण पाण्डेयले आफूलाई स्याङ्जा पत्रकार समाज नेपालले सम्मान गरेकोमा गौरवान्वित भएको बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष तथा स्याङ्जा पत्रकार समाज नेपालका उपाध्यक्ष दिनेश पाण्डे, सरस्वती माध्यमिक विद्यालय खानीडाँडा, स्याङ्जाका प्रधानाध्यापक याम बहादुर कुँवर, समाजसेवी तथा बुद्धिजीवी लक्ष्मी डुम्रे, समाजका कोषाध्यक्ष खेम पाठक, समाजसेवी नमलाल डुम्रे, बुद्धिप्रसाद डुम्रे, प्रदीप पाठक, समाजका सदस्य शिव डुम्रेलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

    समाजका महासचिव प्रकाश डुम्रेको सञ्चालनमा भएको कार्यक्रममा समाजका पदाधिकारी तथा स्याङ्जा र रुपन्देहीका विभिन्न क्षेत्रमा बसोबास गर्नुहुने समाजसेवी, बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology