Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता हुने

बुटवलमा फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता हुने

  • 1.6K
    SHARES

  • बुटवलमा फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता हुने

    बुटवल,माघ २६।

    शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले स्थापना दिवसमा राष्ट्रिय स्तरको दौड प्रतियोगिता आयोजना गर्ने भएको छ ।

    बैंकले ‘रन टु शाइन’ भन्ने नारा सहित यहि फागुन ११ गते ‘शाइन रेसुङ्गा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्न लागिएको शनिबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
    बुटवलमा प्रधान कार्यालय रहेको बैंकको १७ औं वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रुपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

    उहाँले विगत १६ वर्षदेखि वित्तिय कारोवार गर्दै आएको शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले समाजिक उत्तरदायित्व बहन गरी विभिन्न प्रकारका सामाजिक क्रियाकलाप गर्दै आएको र त्यसैको निरन्तरता स्वरुप राष्ट्रिय स्तरको दौड प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।
    उहाँका अनुसार राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिता खुल्ला, स्थानीय ५० वर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधामा हुनेछ ।
    प्रतियोगितामा पुरुष तथा महिला विधाका विजेता धावकलाई जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

    त्यस्तै दोस्रो हुनेलाई जनही ४० हजार, तेस्रो हुनेलाई जनही २० हजार, चौथो हुनेलाई जनही १५ हजार र पाँचौ हुनेलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
    त्यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० वर्ष सम्म र ५० वर्ष भन्दा माथीको गरि दुई विधामा प्रतिस्पर्धा गराईने छ ।

    यो प्रतियोगितामा विजेता महिला पुरुष खेलाडीलाई जनही १५ हजार, दोस्रोलाई १० हजार, तेस्रोलाई ५ हजार र चौथोलाई २ हजार पाँच सय रुपैयाँ प्रदान गरिने ब्राण्ड तथा एचआर डिपार्टमेन्ट हेड प्रभास राईले जानकारी गराउनुभयो ।
    प्रतियोगितामा सहभागी हुनको लागि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइट गएर नाम दर्ता गर्नु पर्नेछ । प्रतियोगिता बुटवलको कालिकानगर स्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुनेछ ।
    प्रतियोगिता गर्नको लागि राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघसंग स्वीकृति लिईएको छ भने स्थानीय पालिकासंग समेत सहकार्य गरिने छ ।
    प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन गर्ने जिम्मवारी लिएको कखरा इभेन्टका प्रमुख कार्यकारी अधिकृत हिमबिक्रम केसीले प्रतियोगितालाई व्यवस्थित गर्नको लागि प्रहरी, प्रशासन, स्थानीय पालिका सबै पक्षसंग समन्वय गरिने बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology