Logo बिहिवार, आश्विन १ गते २०८३
images

अमेरिकामा बाइडेनको सपथ ग्रहण आज

अमेरिकामा बाइडेनको सपथ ग्रहण आज

  • 3.2K
    SHARES

  • अमेरिकामा बाइडेनको सपथ ग्रहण आज

    बुटवल,माघ ७-

    अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बुधबार ७८ वर्षीय जो बाइडनले शपथ ग्रहण गर्दै छन् ।

    नोभेम्बर तीनमा भएको निर्वाचनमा निर्वाचित बाइडनले पूर्व निर्धारित कार्यक्रम अनुसार आज बेलुका अमेरिकी संसद् भवनमा शपथ ग्रहण गर्न लागेका हुन् ।

    बाइडनले जम्मा ३५ शब्दको शपथ खाने अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना महामारीका कारण शपथ कार्यक्रम सामान्य बनाइएको छ । शपथ समारोहमा एक हजार दुई सय मानिस स्वास्थ्य सुरक्ष मापदण्ड अपनाएर सहभागि हुने बताइएको छ ।

    बाइडनको जित प्रमाणित गर्न आयोजित संसद बैठकमा ट्रम्प समर्थकले आक्रमण गर्दा प्रहरी सहित पाँच जनाको मृत्यु भएकाले सपथ समारोहमा सुरक्षा सतकर्ता बढाइएको छ ।

    शपथ ग्रहण गर्नुअगाडि नै अमेरिकी संसद् भवन वरपर २० हजारभन्दा बढी सैनिक तैनाथ गरिएका छन् । हिंसात्मक प्रदर्शन हुनसक्ने अनुमानले पचासवटै राज्यमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology