Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रदेश खारेज गरी शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउँ : अध्यक्ष रश्मीराज नेपाली

प्रदेश खारेज गरी शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउँ : अध्यक्ष रश्मीराज नेपाली

  • 879
    SHARES

  • प्रदेश खारेज गरी शिक्षा, स्वास्थ्य र कृषिमा लगानी बढाउँ : अध्यक्ष रश्मीराज नेपाली

    राष्ट्रिय जनमोर्चाका कार्यकारी ले 

    राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले प्रदेश खारेज गरी शिक्ष, स्वास्थ्य र कृषिमा लगानी गर्नुपर्ने बताउनुभएको छ ।

    नेपालमा संघीयता असफल भैसकेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चाले आगमी चैत्र २४ गतेदेखि संघीयताविरुद्द काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन आग्रह गर्नुभयो । शुक्रबार बुटवलमा सम्पन्न अखिल नेपाल किसान महासंघको चौथौ राष्ट्यि भेलामा बोल्द नेता नेपालीले समयमै संघीयता खारेज नगरे संघीयताले देश नै खारेज गर्ने अवस्था आउन सक्ने बताउनुभयो । नेपालमा संघीयता घुसाएर भारते आफुअनुकुल साम्राज्य जमाउन खोजेको बताउंदै भारतको डिजाइनमा आएको संघीयताले देश कमजोर भैसकेको बताउनुभयो ।

    उहांले संघीयता खारेज गर्नका लागि संविधान संशोधन गर्नुपर्ने बताउंदै भारतले नेपाललाई आफु अनुकुलको प्रान्त बनाउने उद्देश्यले नेपालमा संघीयता घुसाएको दाबी गर्नुभयो । देशमा राष्ट्रिय उद्योग धन्दाको विकास र कृषिको आधुनिकीकरणमा सरकारले कुनै ध्यान नदिएको बताउंदै यो सरकारले किसानका समस्या समाधान गर्न नसक्ने बताए ।

    अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले संविधानले किसनालाई पूर्ण अधिकार नदिएको बताउनुभयो । संविधान र सरकार किसानको पक्षमा नभएको दाबी गर्दै सरकारले किसानका समस्या बुझ्न नसकेको बताउनुभयो । वाइट...... किसान नेता रेग्मीले सरकारको डाटा अनुसार नेपालमा ६३ प्रशित किसान रहको र ६३ प्रतिशत किसानका लागि कृषि क्षेत्रलाई सरकारले ३ प्रतिशत मात्रै बजेट छुट्टाएर किसानहरुलाई सरकारले नै अन्यायमा पारेको तकृ गर्नुभयो ।

    किसान नेता रेग्मीले वर्ग संघर्षको माध्यमबाट किसान मजदुरहरुका समस्या हल गर्नुपर्ने बताउंदै किसानहरुको पक्षमा राष्ट्रिय कृषि उद्योगधन्दाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    संघीयताविरुद्द राष्ट्रिय जनमोर्चाले आयोजना गरेको काठमाण्डौ केन्द्रित आन्दोलनमा देशभरका सचेत किसानहरुलाई उक्त आन्दोलनमा सहभागि गराउने बताउंदै संघीयताको बिरोधमा उत्रन सबै किसानहरुलाई आग्रह गर्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता बद्रे आलम, कम्यनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संगठनका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्यि सहकारी अभियानका अध्यक्ष गंगालाल सापकोटा, प्रगतिशील पत्रकार संघ, नेपालका केन्द्रिय सदस्य शंकर पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी केन्द्रिय सदस्य छितिजा राहाडी, अखिल नेपाल महिला संघकी महासचिव सकुन्तला राना, अखिल छैठौंका केन्द्रिय सदस्य माधव विश्वकर्मा, अन्टुकका केन्द्रिय सदस्य टिकाराम पौडेल लगायतले बोल्दै देशको सम्वृद्दिको आधार कृषिमा लागेका किसानहरु भएपनि सरकारले किसानमुखि काम गर्न नसकेको बताउनुभयो ।

    अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष शिव पौडेलको स्वागत र महासचिव तुल्सी सापकोटाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology