बुटवल, माघ २६ ।
तिनपा–३ शंकरनगरस्थित स्मृति बोर्डिङ् स्कुलमा सञ्चालित खेलकुद् महोत्सव शुक्रबार सम्पन्न भएको छ ।तीन दिनसम्म सञ्चालित सो खेल महोत्सवमा करिब ४० भन्दा बढी खेलमा खुला, सदनात्मक र कक्षागत गरी ३ सयभन्दा बढी विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
विद्यालयका उपप्राचार्य केशबहादुर गुरुङका तिलोत्तमा डिङ्गरनगरस्थित जनज्योति खेल मैदानमा सन्चालित सो महोत्सवमा एथलेटिक्सतर्फका ५० मिटर दौड,१०० मिटर दौड, २०० मिटर दौड, क्रस कन्ट्री ,लङ जम्प, सर्ट पट, टग अफ वार, क्वाइन रेस, स्पुन रेस लगायतका खेलमा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिता शुरु हुनुभन्दा पहिले विद्यार्थीहरुले मार्चपास समेत गरेका थिए ।
प्रिन्सिपल हरि ज्ञवालीले स्कुलका कप्तान अर्नव पौडेललाई राष्ट्रिय झण्डा प्रदान गरी खेल महोत्सव शुरु भएको थियो । खेल महोत्सव माघ २३ गतेदेखि शुरु भएको थियो । उक्त खेल महोत्सवमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी मेडल तथा प्रमाणपत्र वितरण गरिएको उपप्राचार्य केशबहादुर गुरुङले जानकारी दिनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)