बुटवल,माघ २५ ।
कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरि आयोजित जिल्ला स्तरिय बादविवाद प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ ।क्यानन माध्यमिक विद्यालयको २८औँ वार्षिक उत्सबमा आयोजना गरिएको उक्त कार्यक्रममा २ दर्जन बढी विद्यालयको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन साहित्यकार लेखक तथा वरिष्ठ अधिवक्ता दिल साहानीले गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्ता प्रतियोगिताले बालबालिकाको तार्किक सोच, शिर्जनशिलता र सही गलत छुट्टाउन सक्ने क्षमताको विकास हुने विश्वास गर्दै कार्यक्रमको आयोजना गरेकोमा विद्यालयलाई धन्यबाद ज्ञ्यापन गर्नु भएको थियो ।
प्रतियोगितामा विद्यार्थीहरुले अत्यन्तै प्रभावकारी रुपमा आफ्ना तार्किक बिचारहरु प्रस्तुत गरेका थिए । यस्ता प्रतियोगिताले विद्यार्थीको रचनात्मकतामा ठुलो योगदान दिएको भन्दै कार्यक्रममा उपस्थित अभिभावकहरुले खुशी व्यक्त गरे ।
अंग्रेजी भाषमा भएको उक्त कार्यक्रममा कृतिम बौद्धिकता (ब्क्ष्) वरदान अथवा अभिसाप भन्ने विषयमा आफ्ना तर्क व्यक्त गरेका थिए ।
लुम्बिनी वोर्डिङ्ग स्कुलकी छात्रा आसिरा पछाई प्रथम, दुर्गा शैक्षिक गृहकी छात्रा प्रिन्सु पौडेल द्धितिय, न्यू होराइजन स्कुलकी छात्रा इशा भुसाल तृतीय र ज्ञानपुञ्ज वोर्डिङ्ग स्कुलका छात्र प्रविन श्रेष्ठ प्रोत्शाहन भएका थिए ।
विजयी विद्यार्थीलाई नगद क्रमश दश हजार, सात हजार, पाँच हजार र तीन हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगितामा सहभागि विद्यार्थी र विद्यालयलाई धन्यवाद दिदै विद्यालयका प्र.अ. शंकर भण्डारीले कार्यक्रम रुपन्देही जिल्लाकै महत्वपुर्ण भएको जिकिर गर्नुभयो । उहाँले सफल वक्ता बन्नको निम्ति अध्ययन, अनुसन्धान र अभ्यासको खाँचो पर्ने बताउनुहुदै हरेक विद्यालयले यस्ता कार्यक्रमहरु नियमीत सञ्चालन गर्नुपर्ने बताउनु भयो ।
विद्यालयका लेक्चरर विजय न्यौपाने र किसन भण्डारी निर्णायक रहेको उक्त कार्यक्रमको संञ्चालन क्यानन मा.वि. की कक्षा ८ मा अध्यनरत छात्रा अपेक्षा विश्वकर्माले गरेकी थिइन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)