बुटवल, माघ ५ -
बुटवलमा तिनाउ नदी सरसफाइ अभियान थालिएको छ । आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदीकिनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्थित्व जोगाउन सो अभियान सुरु गरिएको हो ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले नदीको सभ्यतासग मानवीय विकासको सभ्यता जोडिएकोले बड्दो प्रदुषणले यसलाई प्रत्यक्ष असर पार्ने हुँदा नदिहरुलाई सरसफाइ राख्न जरुरी रहेको बताए ।
उनले विश्वभर प्रदुषण बढीरहेको र यस्ले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएको तर्फ जोड दिदै तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्ने बताएका हुन ।
कार्यक्रममा जलचर प्राणीहरुको बाच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान संचालन गरिएको कार्यक्रमका संयोजक वुमन केयरका अध्यक्ष रिता केसीले बताईन् ।
नदीजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाच्न पाउने अधिकारसंगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाईएको र अभियान निरन्तर चल्ने मानवअधिकार तथा शान्ति समाजका रुपन्देहीका सभापति तथा कार्यक्रका सहसंयोजक डिपी खनालले बताए ।
नेपाल प्राध्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसी लगायतले बाग्मती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउनको लागि सबै मानिसहरु लाग्नुपर्नेमा जोड दिएका थिए ।
नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरह्विल मिडटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही, लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)