Logo मंगलवार, श्रावण १२ गते २०८३
images

याैन हिंसामा परेकी तिलोत्तमाकी बालिकालाइ रुपन्देही सामाजिक सन्जाल -अष्ट्रेलियाद्वारा ८४ हजार  सहयाेग हस्तान्तरण

याैन हिंसामा परेकी तिलोत्तमाकी बालिकालाइ रुपन्देही सामाजिक सन्जाल -अष्ट्रेलियाद्वारा ८४ हजार  सहयाेग हस्तान्तरण

  • 7.1K
    SHARES

  • याैन हिंसामा परेकी तिलोत्तमाकी बालिकालाइ रुपन्देही सामाजिक सन्जाल -अष्ट्रेलियाद्वारा ८४ हजार  सहयाेग हस्तान्तरण

    बुटवल,भदौ २३-

    याैन हिंसाकाे शिकार बनेकी तिलोत्तमा  १०,शान्तिनगरकी एक बालिकालाइ रुपन्देही सामाजिक सन्जाल - अष्ट्रेलियाले आर्थिक सहयाेग गरेकाे छ ।

    स्थानिय जनप्रतिनिधी र अगुवाहरुको उपस्थितिमा संस्थाका नेपाल स‌ंयाेजक सन्तोष कुमार के सीले पीडितको लागि सहयोग समन्वय गरिरहनुभएका स्थानिय टोल बिकास संस्थाका अध्यक्ष गोपाल घिमिरेलाई नगद रु ८४ हजार  हस्तान्तरण गर्नुभएको छ।

    पीडितको पारिवारिक अवस्था एकदमै कमजाेर भएकाले सहयोग उपलब्ध गराइएको जानकारी स‌ंयाेजक सन्तोष कुमार केसीले नागरिक अनलाइनलाइ जानकारी दिनुभयाे । 

    देश बिदेशमा रहेका अन्य संघ-संस्थाहरुलाई पनि सहयोग अभियानमा जुट्न अपिल गरिएकाे छ । रुपन्देही सामाजिक सन्जाल - अष्ट्रेलियाले स्थापना कालदेखीनै रुपन्देहीका बिभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आइराखेको छ। 

    केसीले पीडितलाई सहयोग गर्न चाहेमा  रुपन्देही कान्छीबजारमा रहेकाे तिनाउ मिसन डेभलप्मेन्ट बैंककाे खाता नम्बर ०१६००००००९१७ मा रकम जम्मा गरिदिनुहुन समेत अपिल गर्नुभयाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology