बुटवल,माघ २० ।
लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा हुने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै प्रदेश स्थापना दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा दिने जनाएको हो ।
मन्त्रालय वरिष्ठ अधिकृत गंगाधर पाण्डेयले जारी गरेको सूचनामा मन्त्रिपरिषद्को निर्णय अनुसार सोमबार बिदा दिएको उल्लेख गरिएको छ । स्थापना दिवसको अवसर विभिन्न कार्यक्रम गरिँदै छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)