Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनले जिते

लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनले जिते

  • 1.2K
    SHARES

  • लाफा मेयर कप ब्याडमिन्टनको उपाधि कास्कीका बिधान र पबिनले जिते

    बुटवल,माघ १९ ।

    लाफा समूह बुटवलले आयोजना गरेको आठौं लाफा मेयर कप ब्याडमिन्टन प्रतियोगितामा खुल्ला तर्फको उपाधि कास्कीका बिधान अधिकारी र पबिन लिथेकले जितेका छन्। उनीहरूले आयोजक लाफा समूहका बलराम क्षेत्री र बिबेक न्यौपानेको टिमलाई सोझो सेटमा हराउँदै उपाधि हात पारेका हुन्।

    जितसँगै बिधान र पबिनले नगद ८० हजार र कप मेडल हात पारेका छन्, भने उपविजेता बनेका लाफा समूहका बिबेक र बलरामले ५० हजार र कप मेडलमा चित बुझाएका छन्। त्यस्तै, तेस्रो स्थानमा लाफाका विनोद पौडेल र अरबि क्षीपाली जोडी तथा सुजन थापा र राम मल्ल ठकुरी धादिङले तेस्रो पुरस्कार हात पारेका छन्।

    भेटान्स तर्फ भएको फाइनल खेलमा तनहुँका केवल न्यौपाने र मान बहादुर राना को जोडीले उपाधि जितेका छन्। उनीहरूले कास्कीका सम्भु लेष्ट र राजेन्द्र वाग्लेलाई हराउँदै नगद ३० हजार, कप मेडल र प्रमाणपत्र हात पारेका छन्। उपविजेता बनेका राजेन्द्र र सम्भु ले नगद २० हजार र कप मेडल हात पारेका छन्। तेस्रो स्थानका बुटबल ब्याडमिन्टन क्लबका गोपाल टन्डन र असोक प्रधानको टिम र बुटबल ब्याडमिन्टन क्लबका पंकज ज्ञवाली र दिलीप गौचनले जितेका छन्।

    भुपु तर्फको प्रतियोगितामा चितवनका बेल लीष र कुसल गुरुङले उपाधि हात पारेका छन्। उनीहरूले नगद ३० हजार र कप मेडल हात पारेका थिए। चितवनका कै योबहादुर गुरुङ र लोसन तामाङले उपविजेता बन्न सफल भएका थिए। प्रतियोगितामा पाल्पाका खेम सारू, डम्बर राना र पुरन घर्ती र थन्क सुयबशी तेस्रो भएका थिए।

    यसैगरी, सुपर भेटान्स तर्फ बुटबलका राजु गुरुङ र सुदिप योजनले उपाधि जितेका छन्। उनीहरूले ३० हजार नगद, कप मेडल र प्रमाणपत्र हात पारेका छन्। त्यस्तै, ३० ओभर के खेलमा कास्कीका बिसाल खडका र सुरज महजनको जोडीले उपाधि जितेका छन्। उनीहरूले नगद ३० हजार र कप मेडल हात पारेका छन्।

    क्लबका अध्यक्ष बबिन थापाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कास्कीका बिधान अधिकारीलाई सम्मानित गर्ने कुरा बताए। पुरस्कार वितरण कार्यक्रममा बुटबल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, बुटबल ८ का वडा अध्यक्ष यज्ञ प्रगेनी, कानूनी सल्लाकार कृष्ण रोक्का, वरिष्ठ उपाध्यक्ष ज्ञानु सारू, सचिव टिप राना लगायतले बोलेका थिए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology