बुटवल,माघ १९ ।
बुटवल १५ सेमलार भाटाप्रगती टोलमा परोपकार कुञ्ज धाम निर्माणका लागि महायज्ञ हुने भएको छ । दानव नदीको तटमा पर्ने स्थानको करिब ३ बिगाहा क्षेत्रफलमा परोपकार कुञ्ज धाम बन्ने भएको हो ।
यसका लागि पहिलोचरणमा राष्ट्रिय परोपकार महासंघ नेपालले फागुन ४ गते देखि ११ गते सम्म श्रीमद् भागवत् धनधान्यान्चल महायज्ञ संचालन गरिने आज पत्रकार सम्मेलन गरि आयोजकले जनाएका छन् ।
निर्माणका स्थानीय र सरकारसंग लामोसमयको प्रयासपछि जग्गा प्राप्तीमा सहमति जुटेपछि धाम निर्माणको अभियान शुरु भएको हो । परोपकार कुञ्ज धामलाइ अध्ययनको केन्द्र समेत बनाउदै युवापुस्तालाइ धार्मिक जागरणमा जोडेर संस्कार प्रदान गरिने भागवत भाष्कर पण्डित कमलनयन गौतमले बताउनुभयो ।
उहाँले आवश्यकताका आधारमा गौशाला,मुठीदान,पर्यावरण संरक्षण,जेष्ठ नागरिक चौतारी अभियानहरु देशैभर संचालन गरिएको जानकारी दिनुभयो । फागुन ११ गतेसम्म चल्ने श्रीमद् भागवत् धनधान्यान्चल ज्ञान महायज्ञका लागि सचिवालन स्थापना,१ हजार १ सदस्यीय महायज्ञ आयोजक मूल समिति बनाइएको अध्यक्ष हरिध्वज मल्लले बताउनुभयो ।
धामलाइ निश्कर्षमा पुर्याउन जनताको साथ रहेको र महायज्ञ पछि स्थानीय पलिकाले सबै खालको सहयोग र सहकार्य गर्न तयार रहेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
चर्चित कथावाचक समेत रहनुभएका कमलनयन गौतमले १७ यसअघिदेखि रुपन्देहीमा बिभिन्न अभियानहरु संचालन गर्दै आउनुभएको छ ।
यसअघि बुटवल १२ मा रहेको मुक्तिनाथ धाममा स्वामि लोकानन्दसंगको सहकार्यमा धाम स्थापना गर्नुभएको थियो भने मानव सेवाआश्रमका सबै महायज्ञको कथावाचन तथा सडक मानव मुक्त बनाउने अभियानमा समेत सक्रियता जनाइरहनुभएको छ ।कुञ्ज धाम बन्ने भएपछि स्थानीयहरु खुसी भएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)