Logo बिहिवार, आश्विन १ गते २०८३
images

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्याे

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्याे

  • 894
    SHARES

  • पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्याे

    काठमाडौँ, माघ १९।

    नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको शुक्रबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको बिक्री मूल्यमा प्रतिलिटर दुई रुपियाँ तथा डिजेल र मट्टितेलको मूल्यमा मूल्य प्रतिलिटर चार रुपियाँ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर छ रुपियाँ र बाह्यतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४३ बढाएको हो ।

    मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ६४ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ६६ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६७ रुपियाँ कायम भएको छ । यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ रुपियाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६० रुपियाँ तोकिएको छ । 

    निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ । 

    यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ३२ रुपियाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर एक हजार तीन अमेरिकी डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्याँसको मूल्य भने हाललाई यथावत राखेको छ । 

    इन्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु १.५९, डिजेलमा रु ३.५७ तथा हवाई इनधनमा रु ५.७० ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology