Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवलपरासीमा मोटरसाइकल दुर्घटना रुपन्देहीका युवाको ज्यान गयो

नवलपरासीमा मोटरसाइकल दुर्घटना रुपन्देहीका युवाको ज्यान गयो

  • 945
    SHARES

  • नवलपरासीमा मोटरसाइकल दुर्घटना रुपन्देहीका युवाको ज्यान गयो

    बुटवल,माघ १९ ।

    पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपरासीको सरावलमा मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीका एक युवाले ज्यान गुमाएका छन् । दुर्घटनामा अर्का युवा गम्भिर घाइते भएका छन् ।

    सरावल गाउँपालिका १ सालबासस्थित पूर्वपश्चिम राजमार्गमा बुटवलतर्फ आउँदै गरेको प्रदेश नं. ३-०२-००६ प ९८३६ को मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार रुपन्देहीको शुद्धोधन गाउँपालिका अमहवा बस्ने २८ वर्षीय कमल परियारको मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा मोटरसाइकल चालक नुवाकोटको लिखु गाउँपालिका-३ घर भएका २९ वर्षीय गोपाल लोहनी गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ। 

    तीव्र गतिमा रहेको मोटरसाइकल सडकको बीचमा रहेको पेटीमा ठोकिँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई तत्कालै उपचारको लागि लुम्बिनी सिटी अस्पताल लगिएको थियो।

    उपचारकै क्रममा परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी बोहोराले बताए। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology