Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माघ २२ देखि बुटवलमा लखन कप फुटवल हुने

माघ २२ देखि बुटवलमा लखन कप फुटवल हुने

  • 1.8K
    SHARES

  • माघ २२ देखि बुटवलमा लखन कप फुटवल हुने

    बुटवल,माघ १८।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्व तथा लखन ब्रदर्श यूथ क्लबको आयोजनामा माघ २२ गतेदेखि लखन कप नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको हो । 
    शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सुदिप खत्रीले बताए ।

    सामाजिक क्षेत्रमा निरन्तर श्रमदान गर्दै आएको क्लब अब भने खेल विकासमा अग्रसरता देखाउन लागेको उनले बताए । 
    क्लबका संरक्षक संयोजक राम बहादुर थापाले फुटबल खेलको हबका रुपमा रहेको रुपन्देहीमा नया फुटबल प्रतियोगिता आयोजना गर्न लागेको बताए ।

    मैदान निर्माणमा धेरै मेहनत गर्नुपरेको उनले बताए । सिद्धेश्वर खेलमैदानलाई सम्याउन पटकपटक गरि काम थपिएको उनले बताए ।

    प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख ५१ हजार ५१५ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद ७५ हजार ७५७ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५०० सहित अन्य चार जना उत्कृष्ट खेलाडीहरुलाई नगद ५ हजार ५५५ रुपैया, कपबाट पुरस्कृत गरिने उनले बताए ।

    रुपन्देही, नवलपरासी गरि १६ टिमले भाग लिने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए । 

    कार्यक्रममा सचिव निरन्जन पन्तले रुपन्देही, नवलपरासीसहित प्रतियोगितामा १६ टिमले भाग लिने बताए ।

    धेरै लामो समयपछि आफुहरु प्रतियोगिता आयोजना गर्न लाग्दा समन्वयमा केही कठिनाई भएको उनले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब १५ लाख खर्च हुने अनुमान रहेको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, माघ १८ २०८१०३:१६:०८

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology