बुटवल । इनरव्हिल क्लब अफ मिडटाउन बुटवललको डिष्ट्रीक चेयरमेन अफिसियल भिजिट कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
क्लबले गरेका गतिबिधिको समिक्षाका लागी आयोजना गरिने डिष्ट्रीक चेयरमेन अफिसियल भिजिट कार्यकमको प्रमुख अतिथीको रुपमा डिष्ट्रीक ३५० का डिष्ट्रीक चेयरमेन सर्सिज पालिखे रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै पालिखेले बर्षभरि गरेका कामलाई अवलोकन गर्दै बाकी कामका योजनाका बिषयमा छलफल गर्नुभएको थियो । डिष्ट्रीकको बारेमा जानकारी गराउदै उहाँले सामाजिक काममा निरन्तर लाग्न क्लबलाई आग्रह गर्नुभयो । बिपद्मा यस्ता क्लबले गर्ने कामहरु अझै महत्वपुर्ण हुने बताउदै उत्कृष्ट कार्यको सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा क्लबका सचिव रन्जु गौतम घिमिरेले बर्षभरि गरेका कामहरुको बारेमा ,कोषाध्यक्ष धर्मदेबि न्यौपानेले खर्च आय ब्यय बिवरण, इडिटर सुमि आचार्य न्यौपानेले क्लबको प्रचार प्रसारको बिषयमा र आई एस ओ शान्ता भण्डारीले क्लबहरुबिचको समन्वयका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा बिशिष्ठ अतिथि डिष्ट्रीक ३५० का डिष्ट्रीक सेक्रेटरी ज्ञानु श्रेष्ठ , चार्टर प्रसीडेन्ट तथा डिष्ट्रीक ३५० का इडिटर आशा श्रेष्ठ, लगायतले बोल्दै कोरोना कहरका बिचमा पनि क्लबले बिभिन्न सामाजिक काम गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो । यसैबिच क्लबले डिष्ट्रीक भिजिटको अवसर पारेर बुटवलको देबिनगरमा रहेको नेपाल अपांग आश्रममा बेड प्रदान गरेको छ । डिष्ट्रिक ३२५ र इनरव्हिल क्लब अफ मिडटाउन बुटवलले संयुक्तरूपमा प्रदान गरेका हुन् ।
क्लबका पास्ट प्रसीडेण्ट रन्जु कार्की , तृष्णा श्रेष्ठ, रिता के । शी , राधा भट्टराई, लक्ष्मी क्षेत्री लगायत बोर्ड सदस्य र क्लबका सम्पुर्ण सदस्य सहभागी भएको कार्यक्रम इनरव्हिल क्लब अफ मिडटाउन बुटवलका अध्यक्ष मिठु टण्डन भण्डारीको अध्यक्षता, उपाध्यक्ष सरस्वती ढुङगानाको धन्यवाद र सचिव रन्जु गौतम घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)