Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रूपन्देही सुपरलिग : तिरुपति ४ विकेटले विजयी

रूपन्देही सुपरलिग : तिरुपति ४ विकेटले विजयी

  • 1.1K
    SHARES

  • रूपन्देही सुपरलिग : तिरुपति ४ विकेटले विजयी

    भैरहवा, माघ १७ ।

    तिरुपति क्रिकेट क्लबले भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा जित हात पारेको छ । प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको बिहीबारको खेलमा उसले बुटवल राइनोज क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो ।

    जितका लागि पाएको १ सय ८ रनको लक्ष्य तिरुपतिले २४ ओभर २ बलमा ६ विकेट गुमाएर १ सय ११ रन बनाउँदै पूरा गर्यो र जित निकाल्यो । उसको जितमा एजाजुल हकले ३३, बसिर अहम्मदले २२, आनन्द गौडले २० र तुलबहादुर थापाले अविजित ११ रन जोडे । बलिङमा बुटवल राइनोजका सुप्रिम कँडेलले ३ तथा शिव कुँवर र इमरान शेषले १–१ विकेट लिए ।

    यसअघि सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल राइनोजले निर्धारित ४१ ओभरमा ३२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय ७ रनको सामान्य लक्ष्य खडा गरेको थियो । उसका लागि इमरान शेषले २५, विपिन विक्रम शाहीले २१ र सुशान्त सिंहले १५ रन बनाए । बलिङमा तिरुपतिका इन्द्रजित यादवले ३, बसिर अहम्मदले २ तथा तुलबहादुर थापा, सन्दीप मौर्य र आकाश त्रिपाठीले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका बसिर अहम्मद प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

    रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology