Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाको तिनाउ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

पाल्पाको तिनाउ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

  • 2.1K
    SHARES

  • पाल्पाको तिनाउ गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड शुरु

    बुटवल,माघ १६ ।

    पाल्पाको तिनाउ गाउँपालिकामा बुधबारदेखि छैटौं राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगीता सुरु भएको छ । तिनाउ–२ दोभान मावि खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले विद्यालयस्तरबाट खेलकूदको गतिविधि सञ्चालन गरी राष्ट्रिय खेलाडी उत्पादन हुने बताए । 

    गाउँपालिकाले तिनाउको शैक्षिक बिकाससँगै समग्र खेलकूदका बिकासका लागि मैदान निर्माण, खेलकूद सामग्री वितरण लगायतका गतिविधिलाई प्राथमिकता दिएको बताए ।

    गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले खेलकूदले विद्यार्थीको स्वास्थ्य प्रवर्द्धनमा समेत टेवा पुग्ने उल्लेख गरे । विद्यालय तथा पालिका स्तरमा सञ्चालन गरिने खेलकूद गतिविधिबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उपतपादन गर्न सकिने बताए । प्रतियोगितामा पालिकाका ९ विद्यालयबाट १४ विधामा प्रतिस्पर्धाका लागि सहभागी भएका छन् । 

    ३ दिन सम्म चल्ने प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने तिलोत्तमा माध्यमिक विद्यालय पाल्पाका शिक्षक विष्णु प्रसाद पाण्डेले बताए । प्रतियोगिताबाट विजेता खेलाडीहरु जिल्लास्तरीय प्रतियोगितामा छनौट हुने कार्यक्रममा सन्तोष शेरचनले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology