Logo मंगलवार, श्रावण १२ गते २०८३
images

संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

  • 1.5K
    SHARES

  • संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः मुख्यमन्त्री आचार्य

    दाङ,माघ १६ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

    सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको हो । 
    मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताउनुभयो । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ ।

    सुशासन, जवाफदेहिता र दिगो विकासविना हामीले राष्ट्रिय लक्ष्य भेट्न कठिन छ’उहाँले सन्देशमा भन्नुभएको छ,‘ सहिद दिवसको यस महत्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’
    मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ ।
    सहिद दिवसलाई मुलुक र जनताका लागि प्राणको आहुति दिने वीर सहिदहरूले गरेको योगदानलाई स्मरण एवं सम्मान व्यक्त गर्ने तथा उनीहरूले देखाएको परिवर्तन र सामाजिक न्यायको आन्दोलनलाई अझ उचाइमा पु¥याउन संकल्प गर्ने दिनका रूपमा स्मरण गर्नुभएको छ ।
    मुख्यमन्त्री आचार्यले सार्वभौमसत्ता सम्पन्न नागरिक, स्वाधीन र स्वावलम्बी अर्थतन्त्रसहितको समृद्ध नेपाल, सामाजिक न्याययुक्त समावेशी चरित्र बोकेको राज्य संरचना र विभेदमुक्त समानतायुक्त समाज निर्माणका लागि जीवन बलिदान गर्ने सहिदहरूले देखाएको सत्मार्गमा निरन्तर लागिरहने संकल्प गर्नुभएको छ ।
    बढ्दो जनअपेक्षा, सीमित स्रोत र तरल आर्थिक अवस्थाका बीचमा पनि लुम्बिनी प्रदेश सरकार समृद्ध प्रदेशः खुसी जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभएको छ । सामाजिक न्यायसहितको समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्न सहिद दिवसले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बुधवार, माघ १६ २०८१०६:०५:३०

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology