Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभा सम्पन्न,मिडियाग्राम बनाउने मेयर पाण्डेयको प्रतिबद्धता

बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभा सम्पन्न,मिडियाग्राम बनाउने मेयर पाण्डेयको प्रतिबद्धता

  • 1.1K
    SHARES

  • बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभा सम्पन्न,मिडियाग्राम बनाउने मेयर पाण्डेयको प्रतिबद्धता

    बुटवल,माघ १४ ।
    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलमा सञ्चारग्राम स्थापना गर्दै मिडिया हाउसमा काम गर्ने सञ्चारकर्मीहरुको संरक्षणको काम गर्दै आएको उल्लेख गर्नुभएको छ ।

    शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चारग्रामको आवश्यकता रहेकोमा जोड दिनु भयो ।

    बुद्ध सामुदायिक टेलिभिजनका वरिष्ठ सल्लाहकार समेत रहनु भएका उहाँले सञ्चार जगतमा आर्थिक समस्या रहेको अवस्थामा  स्थानीय तहले सहयोगी भूमिका खेल्दै आएको उहाँले बताउनु भयो ।IMG_9061.jpeg

    टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टेलिभिजन अहिले देशभर प्रशारण भईरहेको जानकारी गराउँदै   सञ्चार र उपकरणमा आधुनिक बनाउदै ल्यैजादै जानु पर्नेमा जोड दिनु भयो ।

    टेलिभिजन देशभर प्रशारण भएपनि लुम्बिनी प्रदेशलाई केन्द्रमा राखेर समाचार र कार्यक्रम उत्पादन गर्दै आएको बताउँनु भयो । टेलिभिजनले भाषा ,संस्कृतिको संरक्षणको लागि विभिन्न भाषाहरुबाट कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गरानउनु भयो । समुदायबाट सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनले आवाज विहिन जनताको आवाज बन्दै गएको उल्लेख गर्नुभयो । 

    टेलिभिजनका कानुनी सल्लाहकार प्राध्यापक डाक्टर बुद्ध बहादुर थापाले सरकारले राज्यको चौथों अगं प्रेस जगत तथा बुद्धिजिविहरुलाई बेवास्ता गर्दै आएको बताउनु भयो । मिडिया संरक्षण गर्नु तीनै तहका सरकारको दायित्व रहेको बताउँदै उहाँले पछिल्लो समयमा मिडिया कमजोर बन्दै जाँदा लोकतन्त्र समेत कमजोर बन्दै गएको बताउनु भयो । 
    टेलिभिजनका पुर्व अध्यक्ष तथा निर्देशन समितिका संयोजक बरिष्ठ अधिवक्ता  बेनबहादुर पौडेल क्षत्रीले संस्था बचाउने दायित्व सञ्चालन सदस्य रहेको बताउँदै उहाँले समय सापेक्ष लगानी बढाउनु पर्नेमा जोड दिनुभयो । 
    टेलिभिजनका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेलले बुटवलमा अरु मिडिया हाउस भन्दा बुद्ध सामुदायिक टेलिभिजन सक्षम र सबल बन्दै गएको बताउनु भयो । मिडिया हाउसले पत्रकारहरुको हकहित संरक्षणसँगै क्षमता बृद्धिमा समेत लाग्नु पर्नेमा जोड दिनुभयो ।  
    निवर्तमान अध्यक्ष एवं निर्देशन समिती सदस्य पृथबहादुर फौदारले टेलिभिजनको स्थायी आम्दानी नहँुदा सम्म सहज ब्यवस्थापन गर्न नसकिने उल्लेख गर्नुभयो ।  टेलिभिजनका सल्लाहकार रिता सेन वलीले टेलिभिजनको जग्गा खरिद गरिएको भएपनि उपयोग गर्न नसकेको भन्दै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनु भयो । टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवालीले टेलिभिजनको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै टेलिभिजनका विभिन्न शाखाहरु लैङ्गिक मैत्री बनाईएको बताउनु भयो ।

    टेलिभिजनले उत्पादन हुने समाचार तथा कार्यक्रमहरु समुदायमा नै आधारित रहेको उहाँले बताउनु भयो । 
    यस्तै साधारणसभामा कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत, सचिव जेबि गुरुङको सञ्चालन र सञ्चालक डोलराज बस्यालको ध्यन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    साधारण सभामा अध्यक्ष ज्ञवालीको वार्षिक प्रतिवेदन र  कोषाध्यक्ष श्रेष्ठको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित भएको सचिब जेबि गुरुङले जानकारी दिनु भयो ।   साधारणसभाकै अवसरमा बजार प्रतिनिधि बसन्ती कार्कीलाई उत्कृष्ट कर्मचारीकोरुपमा सम्मान समेत गरिएको थियो ।IMG_9160.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology