बुटवल,माघ १२।
तिलोत्तमा ३ मा रहेको क्यामब्रीज मन्टेश्वरी एण्ड प्रि स्कुलले आश्रममा सहयोग गरेको छ ।
गएको तिहारमा कक्षा १ र २ का बिदार्थीले खेलेको देउसी भैलोको रकमलाइ सामाजिक सेवाभाव अन्तर्गत बुटवल ५ मा रहेको लुम्बिनी अपांग तथा दृश्ष्बििहिन आश्रमका आश्रीतलाइ २० हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको हो ।उनीहरुलाइ दैनिक उपभोग्य सरसामान तथा खाना पकाउने डेक्ची लगायतका सामाग्री तथा नगद ८ हजार गरि २० हजार बराब
रको सहयोग प्रदान गरिएको प्राचार्य रमेश न्यौपानेले बताउनुभयो ।
आश्रमका अध्यक्ष लिलाराम रोकामगरले क्यामब्रीज मन्टेश्वरीले गरेको सहयोगलाइ आफुहरुलाइ हौसला थपेको भन्दै यस्तै सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
सो अबसरमा स्कुलका संयोजक सृष्टि बराल,लेखापाल सरिता भण्डारी लगायत स्कुलका शिक्षक शिक्षीका र बिद्यार्थीहरु आश्रममा पुगेर सरसामान हस्तान्तरण गरेका हन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)