Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

  • 1.6K
    SHARES

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

    बुटवल,माघ ११।

    राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बालुवाटारबाटै भर्चुअलरुपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै प्रधानमन्त्रीले अब नेपाल दुर्गमबाट सुगम देशको रुपमा जाँदै गरेको बताए ।siddha baba break throgh  (4).jpg

    ‘यो खुसी तपाईं हामी सबैको खुसी हो । रुपन्देही र पाल्पाका जनताका लागि थप ठूलो खुसीको कुरा हो । यो हामी सबैको सफलता हो, यस्तै सफलताहरु जोडेर देशलाई सफल बनाउन सकिन्छ । यो सरकार स्थायित्व र बिकासका लागि बनेको छ ।’ प्रधानमन्त्री ओलीले भने ।

    मुख्य सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा उपप्रधानमन्त्री प्रकाशमान सिंह,उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य लगायत उपस्थित रहेको थियो । 

    सुरुङमार्गका लागि २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रूपमा बोलपत्र आह्वान गरी  सुरुङमार्ग निर्माण ठेक्का लगाएको थियो । 

    सुरुङभित्र केही समस्या आए निस्कन मिल्नेगरी तीनवटा बाइपास बनाइएको छ । तेस्रो र पहिलो बाइपास को ‘ब्रेक थ्रु’ भदौ तथा असोजमा भएकामा दोस्रो बाइपासको ब्रेक थ्रु गत पुस ७ गते भएको हो । यहाँ पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर,  दोस्रोको लम्बाइ एक सय ६१ मिटर र तेस्रोको एक सय ३० मिटर छ ।siddha baba break throgh  (1).jpg

    पहिलो बाइपास माथिल्लो सिद्धबाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । सुरूङमार्ग पाँच वर्षमा सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न हुनेछ ।

    विस २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भएपनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरूङ खन्न थालेको हो । आयोजना प्रमुख कृष्णराज अधिकारीले सुरूङमार्गका तीनवटै बाइपास सुरूङ ब्रेक थ्रु भइसकेका छन् ।siddha baba break throgh  (3).jpg

     सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वतलगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत सहज हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology