Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सम्पादक ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार ’

सम्पादक ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार ’

  • 1.5K
    SHARES

  • सम्पादक ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार ’

    बुटवल,माघ ८ ।

    नागरिक अनलाइनका सम्पादक कपिल ज्ञवाली उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।बुटवल जेसीजको ५१ औँ पदस्थापन समारोहमा ज्ञवालीलाई ‘स्व.गणेशमान सैंजू स्मृति बुटवल जेसिज उत्कृष्ट पत्रकारिता पुरस्कार –२०२४’ प्रदान गरिएको हो ।

    युवा र जेसीज अभियानमा केन्द्रित रहेर पत्रकारिताको माध्यमबाट समाज रुपान्तरणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उहाँलाइ पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्य, बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरे, छनोट समितिका संयोजक नारायण घिमिरेलगायतले दोसल्ला, सम्मानपत्रसहित सम्मान गर्नुभएको हो ।

    करिब दुइ दशकदेखि पत्रकारितामा क्रियाशील ज्ञवाली गोरखापत्र संस्थानमा रुपन्देहीको सिद्धार्थनगर समाचारदाता तथा बुद्ध सामुदायिक टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सिइयो) समेत हुनुहुन्छ ।kapil samman.jpeg

    त्यस्तैगरी उत्कृष्ट युवा सम्मानबाट समृद्वि सलुन एण्ड ऐकेडेमी बुटवलका सञ्चालक देवदह ७ निवासी मोहन ठाकुर सम्मानित हुनुभएको छ । पदस्थापन समारोहमा बुटवल जेसीजका अध्यक्ष बिनोद घिमिरेले नवनिर्वाचित अध्यक्ष मोहन न्यौपानेलाइ पदस्थापन गराउनु भएको थियो ।jci.jpg

    पुर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुरेन्द्रराज आचार्यले युवाहरुको भरोसालाइ जेसीजले कायम राख्नुपर्ने बताउनुभयो । उहाँले समाज बदल्न युवा शक्तिको भुमिका हुने उल्लेख गर्नुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देशमै युवाहरुको भविश्य सुचिश्चि हुनेगरी कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।kapil and mohan.jpeg

    पाण्डेयले बुटवल जेसीजले नेपाल जेसीजलाई नै लिड गर्ने क्षमता राख्ने बताउँदै क्षमता प्रदर्शनकालागि नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो । बुटवल जेसीजका मानार्थ सदस्य बुटवल निवासी समाजसेवी गणेशमान सैजुको निधनपछि उहाँको स्मृतीमा छोरा अनुपमान सैंजुले बुटवल जेसीजमा उत्कृष्ट पत्रकारिता पुरस्कार अक्षयकोष स्थापना गर्नुभएको थियो ।aa.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology