Logo बिहिवार, आश्विन १ गते २०८३
images

विज्ञापन बोर्डद्वारा टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्ने तयारी

विज्ञापन बोर्डद्वारा टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्ने तयारी

  • 1.1K
    SHARES

  • विज्ञापन बोर्डद्वारा टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्ने तयारी

    काठमाडौं,माघ ८ ।

    विज्ञापन बोर्डले टेलिभिजन रेटिङ प्वाइन्ट (टिआरपी) निकाल्नेबारे तयारी थालेको छ । बोर्डले टेलिभिजनहरुको भ्युवरसिप निकाल्ने र सोहि आधारमा टेलिभिजनहरुमा विज्ञापन दिनेगरी तयारी थालेको हो ।

    नेपालमा अहिलेसम्म टेलिभिजन रियल टाइममा कति मान्छेले हेरिरहेका छन् भनेर तथ्यांक निकाल्न सकेको छैन । टेलिभिजनको टिआरपीको आधारमा विज्ञापन प्राप्त हुने अन्तर्राष्ट्रिय अभ्यसाको शुरुवात गर्न छलफल चलाइएको बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बताए।

    टेलिभिजनको लोकप्रियता र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रमको लोकप्रियताको आधारमा विज्ञापन बाँडफाँड गर्नको लागि छलफल अघि बढाइएको अध्यक्ष हुमागाईंले बताए। छलफलले टेलिजिनहरुको टिआरपी निकाल्ने र सोही आधारमा विज्ञापन दिन सहजता प्रदान गर्ने उनको विश्वास छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology