Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य भन्नुहुन्छ-‘ समाज कल्याण र सेवाका लागि समर्पण जरुरी’

महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्य भन्नुहुन्छ-‘ समाज कल्याण र सेवाका लागि समर्पण जरुरी’

  • 1.0K
    SHARES

  • महायज्ञको उद्घाटन गर्दै  मुख्यमन्त्री आचार्य भन्नुहुन्छ-‘ समाज कल्याण र सेवाका लागि समर्पण जरुरी’

    बुटवल,माघ ८ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्नु भएको छ । तिलाेत्तमा नगरपालिका-५ मा मानव सेवा आश्रमले आयाेजना गरेकाे महायज्ञकाे उद्घाटन गर्दै  समाजकल्याणका लागि महायज्ञ गर्न थालिएकोमा खुसी व्यक्त गर्नु भयाे ।

    मानवसेवा, विकास र उन्नतिको लागि महायज्ञको माध्यमबाट योगदान गरिएको  प्रति मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नु भयाे ।

    प्रदेश सरकारले मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुकाे स्वास्थ्य उपचारका लागि प्रदेश सरकारले स्वास्थ्यकर्मिकाे व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयाे ।`याे धर्तिमा जति सम्म रहन्छौं, सेवामा समर्पित हुनुपर्छ´उहाँले भन्नुभयाे-`हाम्राे समाज, हाम्रो परम्पराले पनि आम्दानीको दश प्रतिशत रकम सेवाको निम्ति दान गर्नु भनेकाे छ ।

    त्यहीँ भएर यस्ता पवित्र काममा मन फुकाएर, मुठ्ठी फुकाएर दान गर्न जरुरी छ ।´ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५, पहुनीमा निर्माणाधीन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोडभन्दा बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको छ । उद्घाटन कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, उद्योगी, व्यवसायी, सामाजिक अभियानकर्मि लगायतकाे उपस्थिति थियाे ।

    सात दिन सम्म चल्ने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहनुभएको छ । सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रम राखिएका छन् । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने छ । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ ।

    ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगापेक्षी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी गरेको छ ।

    उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको मानवोचित व्यवस्थापन गरिने विश्वास गरिएको छ ।cm.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology