Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूमि आयोग रुपन्देहीका अध्यक्ष थापालाई भलाई कोषले गर्यो सम्मान

भूमि आयोग रुपन्देहीका अध्यक्ष थापालाई भलाई कोषले गर्यो सम्मान

  • 939
    SHARES

  • भूमि आयोग रुपन्देहीका अध्यक्ष थापालाई भलाई कोषले गर्यो सम्मान

    बुटवल,माघ ६ ।

    नेपाल सरकारद्वारा हालैमात्र रुपन्देही जिल्लाको भूमि समस्या समाधान आयोगका अध्यक्षमा नियुक्त भएका कुमार थापालाई यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले आइतबार सम्मान गरेको छ ।

    कोषका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य रहेका थापालाई भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा सरकारले नियुक्त गरेको भन्दै कोषले सम्मान गरेको हो ।

    त्यस अवसरमा बोल्दै नवनियुक्त अध्यक्ष थापाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानमा गम्भीर भएर लाग्ने बताए । आफू यो पदमा नियुक्त हुनु भलाई कोषको लागि भनि गर्वको विषय भएको भन्दै उनले आयोगले एकचरणमा भूमिहीनका निवेदन लिइसकेको र थप छुटपुट भए फेरि एकपटक आवेदनको मौका दिने गरी तयारी भैरहेको बताए । 

    कोषका अध्यक्ष दिनेश फुल्लेलले संस्थाका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापा भूमि समस्या समाधान आयोग रुपन्देहीको अध्यक्षमा नियुक्त हुनु कोषको लागि पनि गौरवको विषय भएको बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology