बुटवल,माघ ४ ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीले आयोजना गरेको दोस्रो जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा कान्ति मावि प्रथम भएको छ ।
कान्ति माविले हाजिरिजवाफमा पुरानो विरासतलाई स्थापित गर्दै पुनस् सफलता हात पारेको हो । बुटवलमा सम्पन्न जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा न्यु होराइजन दोस्रो , सैनामैनाको सुनगाभा तेस्रो र कालिका मानव ज्ञान माबिले सान्त्वना स्थान हासिल गर्दै पुरस्कृत भएका छन् ।
प्रतियोगितामा बिजेताले क्रमश ५१ हजार शिल्ड, मेडल र प्रमाणपत्र, २५ हजार शिल्ड मेडल र प्रमाणपत्र त्यस्तै १५ हजार शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना हुनेले ५ हजार शिल्ड, मेडल र प्रमाणपत्रपाएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुपन्देहीका अध्यक्ष गोपाल बस्यालले बताउनुभयो ।
पुरस्कार बितरण समारोहलाइ सम्बोधन गर्दै प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारूले प्रदेश सरकार नयाँ योजनाका साथमा काम गरिरहेको बताउदै शिक्षालाइ संस्कार युक्त बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रमाकान्त तिवारी, महासंघका पूर्व केन्द्रिय अध्यक्ष हरि अर्याल,अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली,सल्लाहकार रामकृष्ण चापागाइ,दिवाकर घिमिरे,हिसान सचिव बाबुराम बन्जाडे,बालकृष्ण भण्डारी,दिपक पाठक लगायतले बोलेका थिए । प्रतियोगितामा जिल्लाका ५३ टिमले भाग लिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)