Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवलमा फागुन दोस्रो हप्तादेखि ३ लाख ३ हजार राशीको स्नुकर प्रतियोगिता हुँदै

बुटवलमा फागुन दोस्रो हप्तादेखि ३ लाख ३ हजार राशीको स्नुकर प्रतियोगिता हुँदै

  • 1.5K
    SHARES

  • बुटवलमा फागुन दोस्रो हप्तादेखि ३ लाख ३ हजार राशीको स्नुकर प्रतियोगिता हुँदै

    बुटवल,पुस २९ ।

    बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । बुटवल उपहानगरपालिकाको सहयोगमा नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीको आयोजनामा फागुनको दोस्रो हप्तादेखि प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता बुटवल २०८१ हुने भएको हो ।

    सोमबार पत्रकार सम्मेलन गरि नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले रुपन्देहीमा सर्वाधिक राशीको प्रतियोगिता गर्न लागेको बताए ।

    ‘यसअघि २ लाख ५५ हजार रुपैया धनराशीको काठमाडौंमा प्रतियोगिता भएको थियो ।’– उनले भने । खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको उपाधि विजेतालाई नगद ३ लाख ३ हजार, कप, मेडल, प्रमाणपत्र, उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए ।

    यसैगरि सेमिफाईनलमा पुग्ने खेलाडीहरुलाई नगद १० हजार रुपैया, साईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगिताको बुटवल उधोग वाणिज्य संघका पुर्व अध्यक्ष तथा सिह कम्प्लेक्सका महेशमान सिहबाट १ लाख तथा दोस्रो पुरस्कार बराबरको १ लाख रुपैयाँ आवास ग्रुपको प्रबन्ध निर्देशक महेश थैवबाट सौजन्य भएको उनले बताए ।

    बौद्धिक खेलको रुपमा पहिचान बनाएको स्नुकर खेल भएको उनले दाबी गरे । रुपन्देही स्नुकर खेलको उवरभुमी भएको उनले बताए । भर्खरमात्र बुटवलका रेगन श्रेष्ठले श्रीलंका सम्पन्न सागस्तरीय प्रतियोगितामा नेपाललाई अन्तराष्ट्रिय मंचमा पहिलो पदक दिलाउन सफल भएको उनले बताए । उनलाई सम्मान गर्ने लक्ष्य रहेको उनले बताए ।

    देशभरका अधिकास जिल्लाबाट प्रतियोगी खेलाडीहरु सहभागी हुने उनले बताए । खेलाडीहरुलाई आवासको ब्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाईनल खेलबाट खेलाडीहरुलाई आवास र खानाको समेत ब्यवस्था रहेको उनले बताए । न्युनतम १० दिनमा प्रतियोगिता सक्ने लक्ष्य रहेको उनले बताए ।

    कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता शिव राना, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संघका वरिष्ठ सल्लाहकार संजयरत्न बज्राचार्यले खेल विकासमा स्थानिय सरकारबाट सहयोग हुदा विकास हुन सफल भएको बताए ।IMG_7738.jpeg

    खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताए । प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागि हुने संघका सचिव प्रकाश क्षेत्रीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology