Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रामेश्वरीको ‘समयको कठघराबाट एक स्त्रीको बयान’ सार्वजनिक

रामेश्वरीको ‘समयको कठघराबाट एक स्त्रीको बयान’ सार्वजनिक

  • 1.1K
    SHARES

  • रामेश्वरीको ‘समयको कठघराबाट एक स्त्रीको बयान’ सार्वजनिक

    काठमाडौं, पुस २९ ।

    लेखक तथा साहित्यकार रामेश्वरी पन्तको कविता सङ्ग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’ सार्वजनिक भएको छ ।

    शनिवार नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित कार्यक्रममा विशेष अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरको प्रमुख आतिथ्यमा कवितासङ्ग्रहको लोकार्पण भएको हो ।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि कुँवरले ‘कवि रामेश्वरी पन्तको कविता बहुआयामिक रहेको र यसले विशेष गरि महिलाका आवाजलाई मुखरित गरेको छ भन्दै वास्तवमै महिला आफै बनेका होइनन् , समाजबाट महिला बनाइएका हुन् । पन्तका कविताले समाजको कठघरामा उभिएर महिलामाथि भएका सामाजिक , धार्मिक एवम साँस्कृतिक बिभेद विरुद्व खरो आवाज उठाउनुका साथै भ्रष्टाचार विरुद्ध पनि बोलेका छ’ भन्नुभयो ।

    दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको अध्यक्षतामा संचालित कार्यक्रममा समीक्षकद्वय वाल्मीकि क्याम्पसका प्राध्यापक डाक्टर लेखप्रसाद निरौला र एशियन कलेजमा प्राध्यापन गर्ने कवि भारती न्यौपानेले कवितामा समीक्षा गर्नुभएको थियो । प्राध्यापक निरौलाले ‘पन्तका कविताको विशालता बुझ्न सानो अध्ययनले नपुग्ने रहेछ । उहाँका कवितामा खरो बिद्रोह मात्र नभएर जीवनदर्शन, मातृत्व, मायाप्रेम र देशप्रतिको जिम्मेवारी उत्तिकै मुखरित भएको छ’ भन्नुभयो ।

    जम्मा ६४ वटा कविता रहेको सो सङ्ग्रहको मूल्य रु ३ सय २५ रूपैयाँ रहेको छ । कार्यक्रम लेखक अनिता कोइरलाले सन्चलान गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology