Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल नगर सभा : १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न -LIVE

बुटवल नगर सभा : १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न -LIVE

  • 1.5K
    SHARES

  • बुटवल नगर सभा : १६औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न -LIVE

    बुटवल,पुस २९ ।

    बुटवल उपमहानगरपालिकाको नगरसभाको १६ औं अधिवेशनको दोश्रो बैठक विभिन्न विधेयक पास गर्दै सम्पन्न भएको छ । नगर प्रमुख खेलराज पाण्डेको अध्यक्षतामा भएको बैठकले बुटवल उपमहानगरपालिकाको आर्थिक ऐन,२०८१  (प्रथम संशोधन ) पारित गरेको छ।IMG_7667.jpeg

    त्यस्तै बुटवल उपमहानगरपालिकाको स्थानीय छाडा पशुचौपायाव्यवस्थापन नियन्त्रण(गौशाला संचालन)ऐन,२०८०(दोश्रो संशोधन २०८१) पारित गरेको छ भने बुटवलउपमहानगरपालिकाको नगर प्रमुख गृहिणी महिला स्वरोजगार कार्यक्रम संचालन विधेयक,२०८१ पारित गरेको नगर प्रवक्ता शिव रानाले जानकारी दिनुभयो ।IMG_7671.jpeg

    बैठकले बुटवल उपमहानगरपालिकामा करार कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धि विधेयक,२०८१ पारित  गरेको छ भने पालिकाको मेयर युवा रोजगार प्रवर्धन कार्यक्रम (संचालन तथाव्यवस्थापन) विधेयक,२०८१ समेत पारित गरेको छ।

    त्यस्तै बैठकले महालेखा परिक्षकले  औल्याएको वेरुजु फछ्यौट सम्परीक्षणका लागी अनुमोदन गरेको छ ।बैठकमा प्राकृतिक श्रोत ब्यवस्थापन विधेयक,२०८१ संयोजक नरेन्द्र बस्नेतले  टेबुल गर्नुभयो ।

    IMG_7675.jpeg

    नगर सभाको १६ ओैं अधिवेशनको तेस्रो बैठक माघ १२ गते शनिवार दिनको १ बजे बस्ने नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।IMG_7682.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology