Logo बिहिवार, आश्विन १ गते २०८३
images

रुपन्देहीमा व्यवसायीकरुपले कला केन्द्रमा जमेका महिला

रुपन्देहीमा व्यवसायीकरुपले कला केन्द्रमा जमेका महिला

  • 4.7K
    SHARES

  • रुपन्देहीमा व्यवसायीकरुपले कला केन्द्रमा जमेका महिला

    बुटवल ,पुस २७ ।  

    रुपन्देहीमा करिब तीन नृत्य प्रशिक्षण केन्द्र संचालनमा छन् । पछिल्लो समय नृत्य पेशालाइ ब्यबसायीक बनाउनेहरुको संख्या बढ्दै गएको छ ।
    “मलाइ नृत्य गर्दा असाध्यै आनन्दको अनुभुती हुन्छ, आफु पनि नाचुँ अरुलाइ पनि सिकाउँ–नचाउँ लाग्छ” तिनाउ इग्लीस बोर्डिङ स्कुलकी नृत्य प्रशिक्षक मन्जु परियार भन्छिन् ।

    उनले विद्यार्थीलाइ नृत्यकला सिकाउछिन् । उनीसंगै विद्यार्थी भाइबहिनीहरु पनी छम् छम् नाच्छन् ,सिक्छन् । ३१ वर्षकी परियारको घर बुटवल ११ देविनगर हो । परियारले तिनाउमा नृत्यकला सिकाउन लागेको करिब ५ वर्ष भयो । स्कुलका साथै उनले अहिले उनले योगिकुटीमा रहेको मिलन कला केन्द्रमा नृत्य सिक्ने र सिकाउने कार्यलाई निरन्तरता दिइरहकी छन् ।manju.jpeg

    उनी भन्छिन् –‘सिकाइ निरन्तर चलिरहने प्रकिया हो,नृत्यको पनि नयाँ नयाँ सीप , तरिकाहरु हुन्छन् ,म पनि सिक्दै सिकाउदै गरेकी छु ।’
    आफुलाइ सानैदेखी नृत्यप्रती रुची भएकोले स्कुलको कार्यक्रम तथा अन्य प्रतियोगितामा सानैदेखि नै भाग लिने गरेको र सधै अब्बल हुने गरेको बताउछिन् ।

    उनी भन्छिन् –‘तर पहिला नाच्ने कामलाइ राम्रो रुपमा हेर्ने गर्थेनन् ,त्यतिबेला नाँच्न जाँदा घरबाट पनि रोक्ने गरेको मलाई अझैपनी स्मरण छ । ’
    उनका अनुसार नाच्न भनेपछि उनी घरका लाइ नटेरी नटेरी जाने गर्थीन् । सानैमा आर्थीक अभावका कारण आफ्नो नृत्यकला थप परिस्कृत गर्न नपाएको उनले गुनासो गरिन् । एस एल सी पश्चात उनले आफ्नो नृत्यलाइ कला केन्द्रमा गएर सिकेर थप परिस्कृत गरिन् ।
    नृत्यले आफुलाइ आर्थिक रुपमा बलियो बनाउनका साथै समाजमा मान सम्मान बढाएको उनले बताइन् । उनले यहीँ पेशाबाट आफूमा आत्मबल बढेको र परिवार पनि आफूसंगै खुसी भएको बताउछिन् ।

    महिलाहरु पुरुषको तुलनामा सानैदेखी नाच्न सोखिन हुन्छन् । बिहे पुजा होस् या खुसीयाली जो सुकै महिला नाच्न तम्सिन्छन् । नेपाली महिला नाच्न जान्दिन भन्ने निकै कम हुन्छन् । तिनै जिविको पार्जनको माध्यम बनाएका छन् । कोही नाचेर कमाउछन्, कोही नाच्न सिकाएर कमाउछन् । केही महिलाले पछिल्लो समय आफैले कला केन्द्र खोलेर समेत नाच्न , नचाउन र नृत्यलाइ व्यवसायीक बनाउन बसेका छन् । निकै संघर्ष गरेर आएका महिला अहिले व्यवस्थित बनेका छन्  । 

    बुटवलमा रहेको साधना कला सास्कृतिक केन्द्र अहिले प्रियंका थापाले सञ्चालन गरेकी छन् ।priyanka (1).jpeg

    सो केन्द्रमा ९ जना प्रशिक्षक छन् । सानै उमेर देखी नै नाच्न मन पराउने प्रियंका थापाले कलाकेन्द्रको प्रमुख हुदै गर्दा सम्म धेरै आरोहअवरोधहरु जीवनमा झेल्दै आएको सुनाइन् । अहिले नृत्यलाइ प्रोफेसनको रुपमा लिएर अगाडी बढाइरहेकी प्रियंकलाइ घर परिवारको पनी राम्रो छ ।

    श्रीमान् अनु रजक नृत्य निर्देशक नै हुन् श्रीमान् र  आफू एउटै पेशामा भएकोले सहज भएको उनको अनुभव छ ।उनीहरु एक अर्कालाइ साथ दिएर अगाडी बढीरहेकी उनको भनाइ छ । कलाकेन्द्रमा कल्चरल ड्रे््रेसहरु पनि भाडामा दिने गरेकी छिन् । उनी भन्छिन् –‘यो पेशाले अर्थिक रुपमा बलियो बनाउनुको साथै आत्मविश्वास पनि बढाएको छ ।’

    त्यस्तै बुटवल योगीकुटीमा रहेको मिलन कला केन्द्रकी संचालिका मिना बुढाथोकीको पनी ठुलो संघर्षको कथा छ ।minaa.jpeg

    उनी कला केन्द्रको प्रमुख हुदै गर्दा धेरै दु ख गरेको बताउछिन् । सानोमा पढाइ संगै नृत्यलाइ निरन्तरता दिन साह्रै दु ख थियो ।

    टिभीमा हिरो हिरोइन नाचेको देखेर आफुले पनी त्यही हेरेर नाचेको उनको अनुभव छ ।‘गीत बज्यो की मेरो शरीर हल्लीहाल्छ,नृत्यको लत बस्यो ,म नाच्नकै लागि जन्मेको जस्तो लाग्छ ,अहिले नाच सिकाउने काम चलिरहेको छ । ’ मीनाले भनिन् । बिस्तारै कलाकेन्द्रमा नृत्य सिके र स्कूलमा सिकाउन पनी थाले । जसले गर्दा मलाइ थप उर्जा पनी मिल्यो । आर्थिक संगै सामाजिक मान प्रतिष्ठा पनि पाउन थाले । तर पनी समाजमा कता कता नृत्यप्रती नकारात्मक धारणा थियो त्यसलाइ चिर्नको लागी म अझैपनी लागिपरेको छु ।

    अहिले आफ्नो कला केन्द्रमा ५ जना प्रशिक्षक र बिहानदेखी साझसम्म गरी ५० जना बिद्यार्थीले नाच सिक्ने गरेको बताउछिन् । उनका अनुसार  कलाकेन्द्रमा बच्चादेखी वयस्क सम्मका व्याक्तिहरु सिक्ने गरेका छन् ।सिक्ने र सिकाउने कार्यमा आफु लागिपरेको बताउदै नृत्यले आफुमा सकारात्मक परिवर्तन ल्याएको बताउछिन्  । भन्छिन् “जो नाच्छ उ धेरै बाच्छ “ । नृत्यले शारीरीक व्यायमको साथै नयाँ उर्जा पनी थप्ने कार्य गर्छ । र अरुलाइ पनी दिनको आधाघण्टा भएपनी सबैलाइ नृत्य गर्न आग्रह पनी गर्छीन् ।

    बुटवलको मिलनचोकमा रहेको बागेश्वरी सगिंतालयकी निर्देशक लालीमा श्रेष्ठले आफ्¬नो संगीतालयमा संगित, नृत्य, बाध्यबादन र चित्रकला सिकाउदै आइरहेकी छिन् ।lalima shrestha.jpeg

    उनको केन्द्रमा अहिले ९ जना प्रशिक्षक रहेका छन् ।नृत्य एक कलाको एक रुप हो जसले संगीतको तालमा शरीरको चाललाइ दर्शाउछ  । सधीयौ देखीनै नृत्यको प्रचलन रहेको पनी पाइएको छ ।नृत्यले शारिरिक स्फूर्तीका साथै रोग व्याधीबाट पनी बचाउने कार्य गर्छ । युरोपमा आधुनकि नृत्यमा बढी केन्द्रीत भएको पाइएको छ । नृत्यका धेरै विधा छन् ।lalima shrestha.jpeg

    जसमध्ये नेपालमा कौडा नृत्य, लोृक नृृत्य, आधुनीक  नृत्य, थारु नृत्य, मयुर नृत्य , ताण्डव ,सराय नाच, मारुनी नाचँ, झ्याउरे नाचँ अली बढी प्रचलित छन् । धेरैजसो नृत्यको फ्रीफर्म नृत्य गर्ने गरेको पाइन्छ । जसमा हरेक वीधाको आ आफ्रनो महत्व रहेका पाइएको छ । हाल समाजमा नृत्य प्रती युवापुस्ताको मोह बढेको पाइएको छ । बच्चादेखी वृद्धसम्ममा नृत्यको प्रभाव परेको प्रत्यक्ष देख्न पनी पाउछौ ।

    नृत्य निर्देशक संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले नृत्यबाट समाजमा मनोरञ्जन मात्र हैन सामाजिक सचेतना र सास्कृतिक जागरण साथै राष्ट्रप्रतिको भावनालाइ जागरण सन्देश दिने गर्दछ । आजको समयमा नृत्य कुनै कुनै रोगको औषधी पनी हो । सरकारी स्कुल यो विधाबाट अलग छ । यसमा सरकारको ध्यान जान आवश्यक रहेको बताए ।lalima shrestha.jpeg

    उनले नृत्य सिक्न सिकाउन तथा आजभोली कला केन्द्रमा पुरुषको तुलनामा महिलाको सहभागिता बढी देखिन्छ  । नृत्यलाइनै आफ्नो मुख्य पेशा बनाउनेको संख्यामा पनी उल्लेख्य बृदी भएको शाहले बताए ।नृत्य निर्देशक संघ नेपाल रुपन्देही शाखा अध्यक्ष सुन्दर गुरुङले नृत्यमा बालबच्चादेखी वृृद्दवृद्दा सम्मकै आकर्षण बढेको बताउछन् ।पुरुषले भन्दा महिलाले सिकाउन सजिलो हुने भएकाले कलाकेन्द्रमा महिलाको सहभागिता बढेको पाइएको छ । अभिभावकले पनि पुरुष प्रशिक्षक भन्दा  महिला प्रशिक्षकसंग आफ्रना बालबालिकालाइ नृत्य सिकाउन सहज मान्ने गरेको उनको अनुभव छ ।lalima shrestha.jpeg

    ‘महिला प्रशिक्षकले साना बालबालिकालाइ आफ्नै बच्चा सम्झेर माया गर्ने भएकोले पनी महिलाले चलाएका कला केन्द्र सफल छन् । उनले सुनाए ।
    रुपन्देहीमा करिब २५ नृत्य प्रशिक्षण केन्द्रहरु रहेको उनले जानकारी दिए । ‘बुटवलमा १२ वटा छन् ,जिल्लाका अन्य स्थानमा गरेर करिब २ दर्जन कला केन्द्र छन् ।’ गुरुङले सुनाए ।

    बुटवलमा महिलाले चलाएका बागेश्वरी संगितालय,साधना सांस्कृतिक कला केन्द्र मिलन कला केन्द्र ,नृत्यम कला केन्द्र ,नास्री डान्स एकेडेमी, द बोन मेकर्ष लगायत छन् । यस्तै पुरुषहरुले चलाएको राग श्री संगितालय,न्यु लुम्बिनी कला केन्द्र,न्यु सत्य साई कला केन्द्र ,छमछमी कला केन्द्र ,खेराद डान्स सेन्टर,एसके डान्स स्टुडियो,केबी डान्स स्टुडियो,रोयल डान्स एकेडेमी कोटीहवा,रुद्रदेवी कला केन्द्र भैरहवामा रहेका छन् ।lalima shrestha.jpeg

    पछिल्लो समय हरेक कार्यक्रममा स्वागत नाच देखि बिभिन्न प्रस्तुतीका लागि कलाकारको बाक्लै उपस्थिती देखिने गरेको छ । कलाकार उत्पादनमा कला केन्द्रको महत्वपूर्ण भूमिका रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कल्पना डुम्रे

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology