Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा ट्राफिक लाइट जडान, दुर्घटना न्यूनीकरण र ट्राफिक जामको समस्या समाधान हुने

बुटवलमा ट्राफिक लाइट जडान, दुर्घटना न्यूनीकरण र ट्राफिक जामको समस्या समाधान हुने

  • 1.6K
    SHARES

  • बुटवलमा ट्राफिक लाइट जडान, दुर्घटना न्यूनीकरण र ट्राफिक जामको समस्या समाधान हुने

    बुटवल, पुस २७ ।

    बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । 

    बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाइट सफ्टवेयर थिचेर स्वीच अन गरी शुभारम्भ गर्नुभयो । बुटवल उपमहानगरपालिकामा पहिलोपटक ट्राफिक लाइट जडान गरिएको हो । 

    यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताउनुभयो । बुटवल नगर प्रमुख पाण्डेयले बुटवलको बढ्दो ट्राफिक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी हुने बताउनुभयो । 

    लाइटसँगै राखिएको सिसी क्यामेराले दुर्घटना न्यूनीकरण हुने अपेक्षा गरिएको पाण्डेको भनाइ छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलको सहकार्यमा उक्त सिसीटिभीको अनुगमन गरिने गरी योजना समेत बनाइएको छ । 

    कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा ट्राफिक लाइटको महत्वपूर्ण भूमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताउनुभयो । 

    बुटवलको कालिका चोकमा विगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उहाँले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो । बुटवल उपमहानगगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपियाँको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भए बमोजिम लाइट जडान गरिएको हो । 

    बुटवल उपमहानगरपालिकाले यसअघि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४, ५, ६ र ९ को बसपार्क क्षेत्रमा एकसय २५ वटा सिसिटिभी क्यामेरा जडान गरिसकेको छ । 

    उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलका अनुसार दुर्घटना न्यूनीकरणसँगै अटो सेन्सर सहितको ट्राफिक लाइट जडान भएको कारण यसले दुर्घटनापछि हुने सम्भावित भवितव्यलाई समेत पहिचान गर्नका लागि सहयोग गर्नेछ ।traffic light butwal.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology