Logo बिहिवार, आश्विन १ गते २०८३
images

पुल भाँचिएपछि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड सञ्चालनमा

पुल भाँचिएपछि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड सञ्चालनमा

  • 978
    SHARES

  • पुल भाँचिएपछि अवरुद्ध नारायणघाट–बुटवल सडक खण्ड सञ्चालनमा

    नवलपुर,पुस २७ ।

    पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक खण्डअन्तर्गत नवलपुरको विनयी त्रिवेणी १ मा पर्ने विनयी खोलाको पुल भाँचिदा अवरुद्ध राजमार्ग डाइभर्सनपछि सञ्चालनमा आएको छ । 

    पुल भाँचिएर अवरुद्ध सडक विनयी त्रिवेणी–२ को ज्यामिरेबाट डाइभर्सन गरी सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ज्यामिरे चोकबाट त्रिवेणी क्रसर हुँदै सिजीचोक, डाँडाचौर, होङ्सी गेट निस्कने गरी वैकल्पिक बाटो सञ्चालनमा ल्याइएको हो । राजमार्गमा रोकिएका सबै गाडी वैकल्पिक मार्गबाट पठाउन सुरु भएको बनजराले जानकारी दिनुभयो । यो वैकल्पिक सडक करिब ७ किलोमिटर घुमाउरो छ । 

    शुक्रवार साँझ विनयी पुलमा रहेको पूर्वपट्टिको फलामको भाग भाँचिदा राजमार्ग अवरुद्ध भएको थियो । एन एल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा एक्कासि भाँचिएको थियो।

    pul.jpg

    उक्त घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यस अघि दाउन्नेमा सडक अवरुद्ध भएका कारण लामो समय पुलमा धेरै सवारी साधन रोकिँदा पुल थप कमजोर बनेको थियो । यस अघि नवलपुरको गैँडाकोटको जय श्री पुल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए । जीर्ण अवस्थामा रहेका यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । 

    बुटवल नारायणघाट सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरू सञ्चालन गर्ने गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology