Logo बिहिवार, आश्विन १ गते २०८३
images

ओभरलोडले विनयी खोलाको पुल भाँचियो,नारायणघाट-बुटवल सडक पूर्ण रुपमा अवरुद्ध

ओभरलोडले विनयी खोलाको पुल भाँचियो,नारायणघाट-बुटवल सडक पूर्ण रुपमा अवरुद्ध

  • 2.0K
    SHARES

  • ओभरलोडले  विनयी खोलाको पुल भाँचियो,नारायणघाट-बुटवल सडक पूर्ण रुपमा अवरुद्ध

    नवलपुर, पुस २६ ।

    पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा सडक पूर्ण रुपमा सञ्चालनमा आउन नपाउँदै नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएर सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

    यो सडक खण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए । जसलेगर्दा यहाँ पटक पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भाँसिदा सडक अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको भएपनि तत्काल बाटो खुल्ने अवस्था नरहेको बताउनुभयो । 

    जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेसी शाहले पुल भाँचिएपछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दासम्मलाई बैकल्पिक बाटो खोजिएको बताउनुभयो । एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेवी ट्रक पुलबाट पास हुने क्रममा भाँचिएको हो । यसअघि दाउन्नेमा सडक अवरुद्ध भएको कारण लामो समय पुलमा धेरै सवारी साधन रोकिंदा पुल थप कमजोर बनेको थियो । यसअघि नवलपुरको गैँडाकोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाचिएका थिए । 

    जीर्ण अवस्थामा रहेका यी पुलहरु विगत १० बर्षदेखि मर्मत गर्दै सञ्चालन गर्दै आइरहेको छ । बुटवल नारायणघाट सडक विस्तारपछि नयाँ पुल बन्ने कारण देखाउँदै अहिले पुरानै पुलबाट सवारी साधनहरु सञ्चालन गर्ने गरिएको छ । यसैबिच पुल मर्मत तथा डाइभर्सन नबन्दासम्मका लागि हल्का सवारी साधनका लागि बिनयी त्रिवेणी गाउँपालिका वडा २ ज्यामिरेबाट भित्री बाटो त्रिवेणी क्रसर हुँदै गुम्बाचोक निस्कने र ठुला सवारी साधनका लागि ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी सिमेन्ट उद्योग चोक, डाँडाचौर हुँदै होङसी गेट निस्कनेगरी वैकल्पिक बाटो प्रयोग सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताउनुभयो । 

    बैकल्पिक बाटो प्रयोग गरिए पनि बाटो चिप्लो र कच्ची भएका कारण लामो समय चल्ने सम्भावना नरहेको स्थानीयको भनाइ छ । हल्का सवारी साधन हिड्नका लागि तय गरिएको बाटो २ किलोमिटर बढी लामो छ । मालबहाक र ठूला सवारी साधन चल्ने भनी तय गरिएको बाटो ८ किलामिटर बढी लामो रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology