Logo मंगलवार, श्रावण १२ गते २०८३
images

यी हुन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका चार निर्णय

यी हुन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका चार निर्णय

  • 1.3K
    SHARES

  • यी हुन् लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका चार निर्णय

    देउखुरी, पुस २५ ।

    लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद बैठकले लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । 

    मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश तथा स्थानीय तहबीच समन्वय तथा विवाद समााधन सम्वन्धी विधेयकको अवधारणापत्र स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिले जानकारी दिनुभयो ।
     
    यस्तै प्रदेश मन्त्रिपरिषद् बैठकले सूचनाको हक कार्यान्वयन सम्वन्धि बिषयको प्रदेश अनुगमन ईकाइ गठन गर्ने निर्णय गरेको छ । बैठकले सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकमा अनुप बास्कोटालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । पाँच बर्षे कार्यकालकालागि बास्कोटालाई पुनः नियुक्त गरिएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology