Logo मंगलवार, श्रावण १२ गते २०८३
images

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिवलको फाइनलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिवलको फाइनलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

  • 1.2K
    SHARES

  • इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिवलको फाइनलमा विभागीय टिम पुलिस र आर्मी भिड्दै

    बुटवल,पुस २४।

    बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को फाइनलमा विभागिय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब प्रतिश्पर्धा गर्ने भएका छन् ।

    मंगलवार भएको पहिलो सेमिफाइनलमा पुलिस र बुधवार भएको दोस्रो सेमिफाइनलमा आर्मीले जित निकाल्दै फाइनलको बाटो तय गरेका हुन् । आज आर्मीले सेमिफाइनलमा मणिमुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१३ र २५–१९ को सोझो सेटमा पराजित गरेको थियो ।

    पहिलो सेमिफाइनलमा पुलिसले भारतको गुजरात स्टेट भलिबल क्लबलाई हराउँदै फाइनलमा पुगेको थियो। पुलिसले २५–२७, २५–१४, २५–२१ र २७–२५ को जित निकालेको थियो। बिहीबार गुजरात र मणिमुकुन्दबिच तेस्रो स्थानको खेल हुनेछ । बिहान १० बजे तेस्रो स्थानकालागि प्रतिश्पर्धा हुनेछ ।

    यसलगत्तै दिउसो १ बजे उपाधिकालागि प्रतिश्पर्धा हुने आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताउनुभयो । प्रतियोगितामा विजेताले ७ लाख रुपैयाँ सहित रनिड. शिल्ड प्राप्त गर्नेछ । दोस्रोले ३ लाख ५० हजार, तेस्रोले १ लाख ७५ हजार र चौथो हुने टोलीले १ लाख रुपैयाँ नगद पाउनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology