Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल उपमहानगरपालिकाको नगर गान प्रचलनमा (भिडियो)

बुटवल उपमहानगरपालिकाको नगर गान प्रचलनमा (भिडियो)

  • 2.3K
    SHARES

  • बुटवल उपमहानगरपालिकाको नगर गान प्रचलनमा (भिडियो)

    बुटवल,पुस २३ ।

    बुटवल उपमहानगरपालिकाले नगर गान प्रचलनमा ल्याएको छ ।खुला प्रतिस्पर्धाबाट नगर गान छनोट गरी नगर कार्यपालिका बैठकबाट पारित गर्दै नगर सभाबाट अनुमोदन गरिएको हो ।

    १४ जनाले पेश गरेका नगर गानमध्ये बुटवलका डिल्लीनारायण पाण्डेले रचना गरेको नगर गान उत्कृष्ट भएको हो । सोही नगरगान बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति र समावेशी विषयहरु समावेश छन् ।

    यस्तो छ नगरगान : 

    चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
    रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।

    बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
    वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।

    मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
    घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।

    कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
    देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।

    प्राकृतिक सम्पदा र सभ्यताको खानी
    सिद्धभूमि बुटवलबासी हामी भाग्यमानी ।
    हाम्रो खस्यौली
    राम्रो बटौली
    प्यारो बुटवल ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology