Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्रिमसन अस्पतालमा पाए वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रयासले नियुक्ति

क्रिमसन अस्पतालमा पाए वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रयासले नियुक्ति

  • 2.1K
    SHARES

  • क्रिमसन अस्पतालमा पाए वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रयासले नियुक्ति

    बुटवल,पुस २२ ।

    क्रिमसन अस्पतालले वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञका रुपमा डा.प्रयास बज्राचार्यलाई नियुक्त गरेको छ । रुपन्देहीको तिलोत्तमा ५ मणिग्राममा रहेको अस्पतालले  चिकित्सकीय सेवा प्रवाह गरिरहेको हाे ।

    गुणस्तरीय चिकित्सकसहित आधुनिक उपचार सेवालाई निरन्तरता दिने क्रममा आम सेवाग्राहीको भावना, चाहना तथा आवश्यकतालाई मध्यनजर राख्दै बालबालिकामा देखापर्ने सबैखाले स्वास्थ्य समस्याको निदानका लागि अस्पतालले वरिष्ठ बालरोग विशेषज्ञ डा.प्रयास बज्राचार्यलाई पौष ३ गतेबाट नियुक्ति दिएको  छ ।

    लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास, दाङ  तथा पूर्वमा लहानलगायतका विभिन्न अस्पतालहरुमा वरिष्ठ नवजात तथा बालरोग विशेषज्ञ भई काम गरेको लामो अनुभव सँगालेका डा बज्राचार्यले अब मणिग्रामस्थित क्रिमसन अस्पतालबाट नियमित सेवा प्रवाह गर्ने छन् । अस्पतालमा अब नियमित रुपमा डा।  अनिल खनाल र डा.प्रयास बज्राचार्यले बाल बालिकाको स्वास्थ्य उपचार र रेखदेख एवँ परामर्श सेवा उपलब्ध गराउने छन् ।

    डा.खनाल र डा. बज्राचार्य दुवैले अहिले अस्पतालमा बालबालिकाहरुका लागि  आवश्यक एनआईसियु, आईसियु, बालबासलिकालाई तातो बनाइ राख्ने मेसीन रेडियन्ट वार्मर, जण्डिस घटाउने अत्याधुनिक फोटो थेरापी मेसीन, श्वासप्रश्वासमा समस्या भएको खण्डमा उपयोग गरिने प्रविधिजडित भेन्टिलेटरलगायतका सबैखाले उपकरणसहित सेवा प्रवाह गर्न अस्पताल सक्षम रहेको बताए ।

    अस्पतालमा अक्सिजन प्रवाह गर्ने अत्याधुनिक मेसीन, बालबालिकाका लागी आवश्यक सुविधा सम्पन्न वेडहरु उपलब्ध रहेका छन् । उनले भर्खरै जन्मेका नवजात शिशुहरुलाई अनेकखाले समस्याले सताउने गरेको बताउदै क्रिमसनमा उपलब्ध प्रविधिजडित उपकरणहरु सबैखाले रोग उपचारमा सहज ढंगबाठ प्रयोग गर्न मिल्नेखालका भएको जनाए ।

    नवजात बालबालिकाहरुमा विशेषगरी  श्वासप्रश्वासको समस्याहरु, छाला पहेलो हुने जण्डिस, यसैगरि निमोनिया, झाडापखाला, र्मिगौला सम्बन्धि समस्याहरु, पिशाब सम्बन्धि समस्याहरु, छाला तथा एलर्जीका समस्याहरु, ज्वरो लगायतका समस्याहरु देखा पर्ने र सोको उपचार अवस्था हेरिकन गर्ने गरेको डा। बज्राचार्यले बताए ।

    अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले अस्पताललले प्रवाह गरिरहेको विशिष्टिकृत सेवालाई थप परिमार्जित गर्ने क्रममा डा। खनाल र डा। बज्राचार्य जस्ता २ जना वरिष्ठ चिकित्सकलाई नवजात शिशु तथा बालबालिका हेर्नेगरि नियुक्ति दिईएको बताए । बस्यालले आफ्नै गाँउठाउँमा सर्वसुलभ सहितको अत्याधुनिक स्वास्थ्य उपचार सेवा प्रवाह गर्ने अस्पतालको निति रहेको बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology