Logo मंगलवार, श्रावण १२ गते २०८३
images

औषधी ब्यवसायी संघद्वारा रसायन तथा मेडिकल संघ सम्मान

औषधी ब्यवसायी संघद्वारा रसायन तथा मेडिकल संघ सम्मान

  • 735
    SHARES

  • औषधी ब्यवसायी संघद्वारा रसायन तथा मेडिकल संघ सम्मान

    बुटवल,पुस २२।

    रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ ।

    नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितिय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किशन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा बक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।

    नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट भएमात्र विकृति रोकिने तर्क दिदै केही ब्यवसायीका कारण समग्र औषधी ब्यवसायमा समस्या देखिएको दुखेसो गरे । औषधीमा अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न सबै एकजुट हुनुपर्ने सुझाव उनले दिए ।

    कार्यक्रममा नेपाल औषधी ब्यवसायी महासंघका पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले औषधी ब्यवस्था विभाग र नेपाल मेडिकल एशोसियसन बिचमा संयुक्त बैठक बसालेर औषधीमा देखिएका समस्या समाधान गर्नेतर्फ लाग्न सुझाव दिए ।

    कार्यक्रममा विशेष सल्लाहकार रोहितराज क्षेत्रीले ब्यवसायमा देखिएको विकृतिकै कारण आफ्नो नया पुस्ता यो पेशाबाट आउन नचाहेको गुनासो गरे । बिस्थापित हुन लागेको यो पेशालाई जोगाउने गरि अभियान थाल्न जरुरी रहेको उनले बताए । डिस्काउन्ट, चिकित्सकप्रति दबाब जस्ता समस्यालाई उठान गरेर अबको भविष्य तर्फ योजना बनाउनुपर्ने उनले सुझाव दिए । औषधी ब्यवसायप्रति आम नागरिकको दृष्टिकोण परिवर्तन गर्न जरुरी रहेको उनले बताए ।

    कार्यक्रममा प्रदेशका निवर्तमान अध्यक्ष शिव ज्ञवालीले केही ब्यवसायीको विकृति र अस्वस्थ्य प्रतिस्प्रर्धाकै कारण पेशा संकटमा आउनेस्थित देखिएको बताए । नितिगत कुराहरुमा केन्द्र कडा रुपमा लाग्न जरुरी रहेको आग्रह गरे । औषधि ब्यवसायको उद्योग देखि बिक्रीसम्म भविष्य नदेखिएको उनको तर्क छ ।

    औषधीको एमआरपी घटाउने नाममा गलत विधि अप्नाउने काम भएको उनले दुखेसो गरे । छुट्टै ब्यवस्थापन गरेर सप्लिमेन्ट पसलमा बिक्रि गर्न सकिने उनले तर्क गरे । भारतिय औषधि जति पनि भित्राउन मिल्ने तर नेपाली औषधीलाई विभिन्न कठिनाईहरु ल्याईएको उनले बताए ।

    लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, कार्यक्रममा जिल्लाका अध्यक्ष खड्ग बहादुर बस्नेतले औषधि ब्यवसायलाई मर्यादित बनाउन चुनौति देखिएको भएपनि यसमा आफुहरु संस्थागत रुपमा लागेको बताए । प्रदेशभित्रका औषधी पसलमा फार्मेसीलाई अनिवार्य एप्रोन लगाउने प्रावधान जस्ता सामान्य परिवर्तनबाट अभियान चलाउन लागेको उनले बताए ।

    कार्यक्रममा संघका विशेष सल्लाहकार सुनिल श्रेष्ठ, प्रदेशका महासचिव प्रकाश ज्ञवाली, जिल्लाका निवर्तमान अध्यक्ष सुरज भट्टराई, जिल्लाका अध्यक्ष खड्ग बहादुर बस्नेत, जिल्ला खुद्रा उपाध्यक्ष नारायण थापा, जिल्ला थोक उपाध्यक्ष माधव प्रसाद खनाल, महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेल, जिल्लाका कोषाध्यक्ष केदारनाथ नेपालले ब्यवसायमा समयसापेक्ष संस्थालाई बिस्थापित हुनबाट रोक्ने गरि योजना ल्याउन सुझाव दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology