Logo मंगलवार, श्रावण १२ गते २०८३
images

सिद्धबाबा सुरुङमार्ग : माघ २ मा ‘ब्रेक थ्रु’ गरिँदै

सिद्धबाबा सुरुङमार्ग : माघ २ मा ‘ब्रेक थ्रु’ गरिँदै

  • 1.2K
    SHARES

  • सिद्धबाबा सुरुङमार्ग : माघ २ मा  ‘ब्रेक थ्रु’ गरिँदै

    बुटवल,पुस १७ ।

    सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ आगामी माघ २ गते हुने भएको छ । पुस भित्रै खन्ने काम अन्तिम हुने भए पनि केही मिटर बाँकी राखेर माघमा ‘ब्रेक थ्रु’ गर्न लागिएको हो ।

    सुरुङको बीचबीचमा आपतकालीन द्वारका रूपमा तीन वटा ‘क्रस प्यासेज’ निर्माण गरिने छ । सुरुङभित्र केही समस्या आए क्रस प्यासेजबाट निस्कन मिल्नेछ । तीनवटै क्रस प्यासेजको ‘ब्रेक थ्रु’ भइसकेको छ । तीनवटा क्रस प्यासेजहरूको कुल दूरी ४ सय ४१ मिटर छ । मुख्य सुरुङको लम्बाइ भने १ हजार १ सय २६ मिटर हो ।

    अब ४८ मिटर मात्र खन्न बाँकी रहेको सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए । ‘कुनै समस्या आइनपरे तोकिएकै समयमा ‘ब्रेक थ्रु’ गरिने छ । यसअघि पुसभित्रै ‘ब्रेक थ्रु’ गर्ने योजनामा थियौं,’ उनले भने, ‘सबै व्यवस्थापन मिलाउँदा माघ २ पुगेको हो ।’

    ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा लिएको हो । यसको समयावधि ०८३ फागुनसम्म छ । रुख कटान लगायत कारणले भएको ढिलाइको क्षतिपूर्तिस्वरूप निर्माण व्यवसायीले ९ महिना समय थप गर्न माग गरेका छन् ।सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्ने यसको निर्माण गरिएको हो ।

    यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ निर्माण थालिएको हो । यस खण्डको चार किमि पहिरो आउने क्षेत्रभित्र पर्छ । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ फागुनमा सुरुङ मार्गको ठेक्का सम्झौता भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology