Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पावर लिफ्टिङ प्रतियोगितामा थापा र श्रेष्ठ बने ओभरअल बिजेता

पावर लिफ्टिङ प्रतियोगितामा थापा र श्रेष्ठ बने ओभरअल बिजेता

  • 1.1K
    SHARES

  • पावर लिफ्टिङ प्रतियोगितामा थापा र श्रेष्ठ बने ओभरअल बिजेता

    बुटवल, पुस १५ ।

    रुपन्देहीमा सम्पन्न प्रदेश स्तरीय लुम्बिनी क्लासिक–२०२४ पावर लिफ्टिङ प्रतियोगिताको उपाधि बिक्रम थापा र अन्जना श्रेष्ठले चुमेका छन ।

    बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा एक्टिभ प्लस फिटनेसको आयोजनामा शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ छहारी क्लब रुपन्देहीका बिक्रम थापाले ७४ केजी भन्दा कम तौल समुहमा कुल ५४७.५ किलो बजन उठाउदै समुह विजेता हुदै नगद १० हजारका साथै ओभरअल विजेताको उपाधिसंगै नगद ५१ हजार रुपैया, कप, प्रमाणपत्रबाट पुरस्कृत भए ।

    महिलातर्फ भने नवलपरासीकी अन्जनाले ५७ केजी माथि तौल समुहमा कुल ३२५ केजी तौल उठाउदै समुह विजेता बन्दै नगद १० हजार रुपैया र ओभरअल टाईटल जित्दै थप नगद २५ हजार रुपैयासमेत हात पारिन ।

    प्रतियोगितामा पुरुष ५९ केजी मुनीतर्फ रिवाज खरेल प्रथम, बिशु सिह द्धितिय र बिरेन्द्र बुढा तृतिय भए । पुरुष ६६ केजी मुनीतर्फ अर्पन श्रेष्ठ प्रथम, ब्राहण्ड यादव द्धितिय र अनिल थापा तृतिय भए । पुरुष ७४ केजी तौल मुनीतर्फ बिक्रम थापा प्रथम, अनुकृत गुरुङ द्धितिय तथा दिपेश बोहरा तेस्रो भए ।

    पुरुष ८३ केजी तौल मुनीतर्फ संयक थापा प्रथम, बिशाल श्रेष्ठ द्धितिय र इशा मिया तृतिय भए । पुरुष ८३ केजीमाथितर्फ अनोम बि शाक्य प्रथम, पंकज आले द्धितिय र सुयम थापा तृतिय भए । मास्टर्स ४० प्लसमा विकेश कुमार थापा प्रथम, हरिश थापा द्धितिय र शक्ति गुरुङ तृतिय भए ।यता महिला ५७ केजी मुनितर्फ गिता पुन प्रथम, बिपना सारु मगर द्धितिय र विध्या अधिकारी तृतिय भईन ।

    महिला ५७ केजीभन्दा माथि तौल समुहमा अन्जना श्रेष्ठ प्रथम, शर्मिला गुप्ता द्धितिय र सन्जिता मर्हजन तृतिय भईन । तौल समुहका प्रथम, द्धितिय र तृतिय खेलाडीहरुले क्रमश नगद १० हजार, ७ हजार र ५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत गरिएको समितिका सदस्य सुरज थापाले बताए ।
    एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद लुम्बिनीका सदस्यसचिव तिरणदाज गौतम, नगर खेलकुद संयोजक बोनिन पिया, वडा नं १३ का वडाअध्यक्ष नारायण पुन, पावर लिफ्टिङ जज कमिटिका हेड बुद्घिजंग कार्की, जजहरु डा राजिव श्रेष्ठ, विजय देउला, जिल्ला अध्यक्ष चन्द्रमान श्रेष्ठ,एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव)ले विजेता, उपविजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

    प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ जिल्लाबाट करिब ८० जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेको एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव) ले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, पौष १५ २०८१०८:५८:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology