बुटवल,पुस १२ ।
बुटवल–८ सुख्खानगरस्थित क्यानन् माविको आयोजनामा बिहीबारदेखि जारी सेभेन ए साइड इन्टर कलेज फुटबल प्रतियोगिता मा शुक्रबार ६ वटा प्रतियोगीता भएका छन् ।
अक्सफोर्ड मावि र सिद्धार्थ मेमोरियलका विचमा भएकोमा अक्सफोड विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै ज्ञान पुञ्ज मावि र ज्ञानोदय माविका विचमा भएकोमा ज्ञानोदय मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको प्लस टु संयोजक पवन बस्यालले बताए ।
यस्तै न्यु होराईजन मावि र सिता माविका विचमा भएकोमा सिता मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै नविन औद्योगीक मावि र स्कलर्सर होमका विचमा भएकोमा स्कालर्स होम विजयी भएको हो ।
यस्तै एभरेष्टईंग्लीस बोडीङ्ग स्कुल र दिप बोडीङ्गको बीचमा भएकोमा ३–१ गोल गर्दै एभरेष्ट विजयी भएको हो । प्रतियोगीतमा अस्मीत शर्मा, माधव रोका, भरत पाडे, सुमित पुलामी, राजन मागर म्यान अफ द म्याच एको विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीले जानकारी दिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)