Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भोलिदेखि बुटवलमा प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुंदै

भोलिदेखि बुटवलमा प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुंदै

  • 1.4K
    SHARES

  • भोलिदेखि बुटवलमा प्रदेशस्तरीय पावर लिफ्टिङ प्रतियोगिता हुंदै

    बुटवल,पुस ११ ।

    एक्टिभ प्लस फिटनेसको आयोजनामा भोलि शुक्रबारदेखि बुटवलमा प्रदेश स्तरीय लुम्बिनी क्लासिक-२०२४ पावर लिफ्टिङ प्रतियोगिता आयोजना हुने भएको छ । बुटवलस्थित एसिएन पार्टी प्यालेश इट्टाभट्टीमा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एक्टिभ प्लस फिटनेसका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सरोज सिंह (सन्जिव)ले जानकारी दिए । 

    लुम्बिनी प्रदेशका ८ वटा जिल्लाबाट करिब ८० जना प्रतियोगिले प्रतिस्पर्धामा सहभागी हुने अनुमान गरिएको उनले जानकारी दिए । पुरुष खुल्लातर्फ ५ वटा तौल समूह तथा महिलातर्फ २ वटा तौल समूहमा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ । यसैगरी ४० वर्षमाथि उमेर समुहका लागि खुल्ला तौलमै प्रतिस्पर्धा हुने भएको छ । 

    पुरुष खुल्लातर्फ ५९ केजीभन्दा कम तौल, ६६ केजी, ७४ केजी तथा ८३ केजीभन्दा कम तौलका बीच प्रतिस्पर्धा हुने छ भने ८३ केजीभन्दा माथिको तौल समूह बीच प्रतिस्पर्धा हुने छ । यसैगरी महिलातर्फ ५७ केजीभन्दा कम तथा त्यसभन्दा माथिका गरि २ वटा तौल समुहमा प्रतिस्पर्धा हुने बताए । 

    प्रतियोगितामा पुरुष खुल्लातर्फ समग्र क्याटोगोरीबाट सर्वाधिक विजेताले नगद ५१ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने तौल समुहतर्फ प्रत्येक समुहबाट सर्वाधिक विजेताले १० हजार, उपविजेताले ७ हजार तथा तृतीयलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने प्रतियोगिता आयोजक समितिका सदस्य सुरज थापाले जानकारी दिए । यसैगरी महिलातर्फ समग्र समुहको विजेताले २५ हजार तथा तौल समुहका विजेताहरुले प्रथमलाई १०, दोस्रोलाई ७ तथा तृतीयलाई ५ हजार नगद राशी प्रदान गरिने बताए ।     

    यसैगरी मास्टर्स लेभलको प्रतिस्पर्धामा पनि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः  १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ८ लाख बढी खर्च लाग्ने अनुमान गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • बिहिवार, पौष ११ २०८१०५:५५:३७

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology