Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तिलोत्तमा क्रिकेटद्वारा ब्यवसायीक एकेडेमी शुभारम्भ

तिलोत्तमा क्रिकेटद्वारा ब्यवसायीक एकेडेमी शुभारम्भ

  • 5.0K
    SHARES

  • तिलोत्तमा क्रिकेटद्वारा ब्यवसायीक एकेडेमी शुभारम्भ

    बुटवल,माघ १ -
    तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधा सम्पन्न ब्यवसायीक एकेडेमी शुभारम्भ गरेको छ ।

    विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन ।

    तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भ्रुतेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेको कृष्ण भुषालको संयुक्त लगानीमा एकेडेमी संचालनमा ल्याएका हुन ।

    संचालक कृष्ण भुषालले क्रिकेट खेलको नया खेलाडी उत्पादन र ब्यवसायिकता ल्याउन लगानी गरेको बताए । अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले एकेडेमी संचालनले आफुलाइ निकै खुसी लागेको बताए । shakti.jpg

    तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ । दुई वटा सिमेन्ट र एउटा टर्फ गरि ३ वटा पिच तयार गरिएको छ । लिजमा रहेको जग्गामा करीब ३० लाख रुपैया खर्च गरेर पुर्वाधार निर्माण भएको उनले जानकारी दिए ।

    बिहान साझ गरि शुरुवातमा पहिलो चरणमा ५० जनालाई तालिम दिईने प्रमुख प्रशिक्षक शंकर रानाले बताए । एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिने छन । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology