Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रवि लामिछानेको सांसद पद चैट,संसद् सचिवालयले निकाल्यो सूचना !

रवि लामिछानेको सांसद पद चैट,संसद् सचिवालयले निकाल्यो सूचना !

  • 1.2K
    SHARES

  • रवि लामिछानेको सांसद पद चैट,संसद् सचिवालयले निकाल्यो सूचना !

    बुटवल,पुस ८ ।

    संसद् सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको सूचना टाँस गरेको छ। सचिवालयले रविको सांसद पद स्वतः निलम्बन भएको जानकारी दिएको हो। 

    आइतबार उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगीको तीनवटा मुद्दा दायर गरेको थियो।निलम्बन प्रयोजनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई आइतबार नै जानकारी गराएको थियो। 

    तर रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, सांसदहरु सोविता गौतम र गणेश अर्यालले सभामुख घिमिरेलाई सोमबार भेटेर रविलाई निलम्बन नगर्न आग्रह गरेका थिए।

    जवाफमा घिमिरेले कानुन नियमहरु हेरेर, विधिबमोजिम नै नोटिस निकाल्ने वा ननिकाल्ने निर्णय गर्ने बताएका थिए। रास्वपाले यसविरुद्ध अदालत जाने तयारी गरेको छ।

    letter.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology