बुटवल,माघ १ -
गैरआवासीय नेपाली संघ एनआरएनएले बोलाएको विशेष अधिवेशन रोक्न माग गरिएको छ । विशेष अधिवेशन रोक्न माग गर्दै ५ जना एनआरएन अभियन्ताहरुले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई पत्र पठाएका छन् ।
चिन्तामणी सापकोटा,आइसीसी सदस्य, स्पेनस शंकर खड्का, आइसीसी सदस्य, संयुक्त राज्य अमेरिकास दिपक शर्मा, आइसीसी सदस्य, अस्ट्रेलियास विजय मोक्तान, आइसीसी सदस्य, जर्मनी तथा रोशन थापा, क्षेत्रीय संयोजक, एनआरएनए अफ्रीकाले एक संयुक्त पत्र लेख्दै परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
गत २२ नोभेम्वर २०२० मा बसेको संघको ७५ औं अन्तर्राष्ट्रिय समन्वय परिषद आइसीसीको बैठकमा अध्यक्ष कुमार पन्तले २३ र २४ जनवरी २०२१ मा संघको विशेष महाधिवेशन गर्न प्रस्ताव राखेका थिए ।
भर्चुअल रुपमै बोलाइएको उक्त महाधिवेशन एनआरएनएको विधान विपरीत भएको भन्दै एनआरएन नेताहरुले परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
याे पनि:-
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)