Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

देवीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाद्वारा गौशालामा सहयोग प्रदान

देवीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाद्वारा गौशालामा सहयोग प्रदान

  • 1.1K
    SHARES

  • देवीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाद्वारा गौशालामा सहयोग प्रदान

    बुटवल,पुस ८ ।

    स्थापना दिवसको अवसरमा बुटवल ११ देबीनगरमा रहेको देबीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले गौशालामा सहयोग प्रदान गरेको छ । बुटवल शिवनगरमा रहेको नन्दनी गौशालामा दाना,चापट तथा एक टाली पराल प्रदान गरेको हो ।siddhartha nagar.jpg

    सहकारीका अध्यक्ष भुमेश्वर खत्री,सचिव सुरेश पौडेल लगायतले गौशालाका इन्चार्ज रानीकानु बानीयालाई गौआहार प्रदान गर्नुभयो । सो अबसरमा बोल्दै सहकारीका अध्यक्ष भुमेश्वर खत्रीले सहकारीले सामाजिक कामलाइ समेत सधैभर प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो  ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका निर्देशक दामोदर ज्ञवालीले बुटवलका सहकारी मध्ये देवीनगरमा रहेको देबीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्थाले फरक काम गरेर पहिचान बनाएकोमा धन्यबाद दिनुभयो ।उहाले गौशालामा आहार प्रदान गरेर नया सन्देश दिएकोमा आभार ब्यक्त गर्नुभयो ।

    सो अवसरमा सहकारीका पदाधिकारी,सदस्य ,ब्यबस्थापक लगायतको सहभागिता रहेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology