Logo बिहिवार, आश्विन १ गते २०८३
images

सूर्यदर्शन सहकारी ठगीमा रविमाथि ३ करोड ३७ लाख बिगो दाबी

सूर्यदर्शन सहकारी ठगीमा रविमाथि ३ करोड ३७ लाख बिगो दाबी

  • 1.6K
    SHARES

  • सूर्यदर्शन सहकारी ठगीमा रविमाथि ३ करोड ३७ लाख बिगो दाबी

    काठमाडौं,पुस ७।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गरिएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार दायर गरेको मुद्दामा सहकारीतर्फ सो रकम बिगो दाबी गरिएको हो ।उनीमाथि सम्पत्ति शुद्धिकरणमा पनि मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धिकरणतर्फ भने लामिछानेमाथि २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    सहकारीतर्फ कूल १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जसमा गोर्खा मिडिया नेटवर्ककका प्रबन्ध निर्देशक छविलाल जोशीमाथि ५ करोड २६ लाख ६५ हजार बिगो दाबी गरिएको छ । त्यस्तै, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनमाथि २ करोड १४ लाख ८ हजार ८ सय ४३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology